२०८३, ३१ असार बिहीबार

डडेल्धुरामा जीप दुर्घटना: दुईको मृत्यु, १९ जना घाइते

डडेल्धुरामा जीप दुर्घटना: दुईको मृत्यु, १९ जना घाइते


अमरगढी, मङ्सिर १:डडेल्धुराको भागेश्वर गाउँपालिका–४ ढिमौलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान भागेश्वर गाउँपालिकाबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म१ज १८० नम्बरको जीप भागेश्वर गाउँपालिका–४ मा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–२ का २७ वर्षीय धर्मसिंह मडै र सोही गाउँपालिका–३ का गाडी धनी ४५ वर्षीय दीपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो । दुर्घटनामा १९ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ । जीप सडकभन्दा २०० मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने खुलेको छैन ।

घाइते हुनेहरुमा भागेश्वर गाउँपालिका–३ का तीन वर्षीय एलकस नागरी, ४० वर्षीय रणबहादुर शाही, ११ वर्षीया तनुजा शाही, २२ वर्षीय नवीन शाही, ३२ वर्षीय विष्णु शाही, २३ वर्षीया माया नागरी, बैतडी मेलौली–८ बस्ने १८ वर्षीया गौरी विष्ट, धनगढी उपमहानगरपालीका–१४ कनरीका २६ वर्षीय केशब मल्ल, बैतडी तल्लो सोराड–४ का १२ वर्षीय सुशील महता, कञ्चनपुर दैजीकी २० वर्षीया शर्मिला अवस्थीलगायत छन् ।

गम्भीर घाइते भएका गौरी, शर्मिला, केशब र रणबहादुरलाई थप उपचारका लागि सेती अञ्चल अस्पताल कैलली धनगढी पठाइएको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ । मन्त्रालयमा सहसचिवद्वय डा राजेन्द्र पन्त, महेन्द्र श्रेष्ठ र रमेश खरेलले सूर्तीजन्य पदार्थ सेवनका कारण जनस्वास्थ्यमा प्रमुख समस्या देखिँदै गएको उल्लेख गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ६ : ४६ बजे

केन्द्रमा समीकरण फेरिए पनि मधेश सरकार सुरक्षित, कांग्रेस नेतृत्वलाई तीन दलको साथ

जनकपुरधाम । केन्द्रमा कांग्रेस-एमाले सम्बन्धलाई लिएर राजनीतिक उतारचढाव भइरहेका बेला

केन्द्रको राजनीतिक हलचलको असर मधेशमा पनि, सत्ता समीकरणबारे नेताहरू ‘पर्ख र हेर’को अवस्थामा

जनकपुरधाम । केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सम्बन्धलाई

सुदूरपश्चिममा नयाँ राजनीतिक मोड, नेकपाले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने

धनगढी । सुदूरपश्चिम प्रदेशको विकसित राजनीतिक घटनाक्रमबीच नेपाल कम्युनिस्ट पार्टी

सर्वोच्चको आदेशले रोकियो सम्पत्ति छानबिन, आयोगले स्थगित गर्‍यो सबै प्रक्रिया

काठमाडौं । उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगले सम्पत्ति विवरण संकलन तथा

सांसदका लागि स्वकीय सचिवको सुविधा पुनः लागू, मन्त्रिपरिषद्को निर्णयपछि पुरानो व्यवस्था ब्युँतियो

काठमाडौं । सरकारले संघीय संसद्का सदस्यहरूले पुनः स्वकीय सचिव राख्न