२०८३, ३१ असार बिहीबार

सूर्तीजन्य पदार्थको उत्पादनमा प्रतिबन्ध लगाउन माग

सूर्तीजन्य पदार्थको उत्पादनमा प्रतिबन्ध लगाउन माग


काठमाडौँ, १ मंसिर: सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन तथा नियमावली कार्यान्वयनमा नआएकोमा सरोकारवार निकायले चिन्ता व्यक्त गरेका छन् । ऐन तथा नियमावली विसं २०६८ तथा निर्देशिका विसं २०७१ मा जारी भएको थियो । सो नियमावलीमा मुख्यतः सूर्तीजन्य पदार्थको वट्टा, पार्सल तथा ¥यापरमा ९० प्रतिशत चेतनामुलक सन्देश चित्र अङ्कित छाप्ने वाध्यकारी व्यवस्था छ ।

प्रमुख सूर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनी सूर्य नेपालले कानुन कार्यान्वयनमा गरेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, एक्सन नेपाल र स्वास्थ्य पत्रकार मञ्चद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित सूर्तीजन्य पदार्थ तथा नियमनको प्रभावकारी कार्यान्वयन विषयक कार्यक्रमका वक्ताले अर्थ एवं उद्योग मन्त्रालयको समन्वयमा जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा देखापरेको सूर्तीजन्य पदार्थको उत्पादनमा नै प्रतिबन्ध लगाउन मागसमेत गरेका हुन् ।

पछिल्लो समय नेपालमा सूर्तीजन्य पदार्थको सेवनकर्ताको सङ्ख्या ५० लाखभन्दा माथि रहेको बताइन्छ । सूर्तीजन्य पदार्थकै कारण वर्षेनि २५ हजारभन्दा बढीको अकालमा मृत्यु हुने गर्दछ । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने ) ऐन तथा नियमावलीलाई कार्यान्वयनमा ल्याउन अर्थ, उद्योग तथा स्वास्थ्य मन्त्रालयको समन्वय आवश्यक रहेको बताउनुभयो ।

उहाँले राजश्व उठाउने बहनामा स्वास्थ्यस्थित खेलवाड गर्न नहुने चर्चा गर्दै सूर्तीजन्य पदार्थको उत्पादनमा नै रोक लगाइनुपर्छ भन्नुभयो । पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले ऐन तथा नियमावली कार्यान्वयन गर्न अटेर गर्ने उद्योगको दर्ता खारेज गर्न माग गर्दै सूर्तीजन्य पदार्थले सेवन नसर्ने रोग बढाइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

सांसद रामनारायण विडारीले सार्वजानिक पद धारणा गर्ने व्यक्तिले सूर्तीजन्य पदार्थ सेवन गर्न नपाइने गरी नियमावली संशोधन गर्न माग गर्दै यसका लागि आफूले पहल गर्ने र सूर्तीजन्य पदार्थमा असिमित कर लगाउनुपर्छ भन्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा शुसीलनाथ प्याकु¥यालले नसर्ने रोग रोकथामका लागि सरकारले रु दुई अर्बभन्दा बढी रकम जनतालाई सहयोग गरिरहेको चर्चा गर्दै सूर्तीजन्य पदार्थसम्बन्धी ऐन तथा नियमको प्रभावकारी कार्यान्वयन गरिने छ भन्नुभयो । काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले ऐन तथा नियमावली कार्यान्वयनको अनुगमन गरिने बताउनुभयो ।

आयोजक संस्था एक्सन नेपालका कार्यकारी निर्देशक आनन्द चन्दले सूर्तीजन्य पदार्थ सेवनका कारण नसर्ने रोगीका सङ्ख्या बढिरहेको तथ्याङ्क प्रस्तुत गर्दै यसका रोमथाम गर्न सूर्तीजन्य पदार्थ उत्पादनमा रोक लगाउन जोड दिनुभयो । कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र बराल र मुटरोग विशेषज्ञ डा ओममूर्ती अनिलले सूर्तीजन्य पदार्थ सेवनले मुटु, मिर्गाैला, मधुमेह तथा क्यान्सर रोगको जोखिम उच्च रहेको बताउनुभयो । स्वास्थ्य मन्त्रालयमा सहसचिवद्वय डा राजेन्द्र पन्त, महेन्द्र श्रेष्ठ र रमेश खरेलले सूर्तीजन्य पदार्थ सेवनका कारण जनस्वास्थ्यमा प्रमुख समस्या देखिँदै गएको उल्लेख गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ६ : ४३ बजे

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित

मिटरब्याज पीडितले बनाए वार्ता टोली, सरकारसँग संवादका लागि पाँच सदस्यीय समिति

जनकपुरधाम । मिटरब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, नेपालले सरकारसँग वार्ता गर्न

सिंहदरबारमा बालेन-लिङ्देन संवाद, समसामयिक राजनीतिदेखि राष्ट्रिय मुद्दासम्म छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी

केन्द्रमा समीकरण फेरिए पनि मधेश सरकार सुरक्षित, कांग्रेस नेतृत्वलाई तीन दलको साथ

जनकपुरधाम । केन्द्रमा कांग्रेस-एमाले सम्बन्धलाई लिएर राजनीतिक उतारचढाव भइरहेका बेला

केन्द्रको राजनीतिक हलचलको असर मधेशमा पनि, सत्ता समीकरणबारे नेताहरू ‘पर्ख र हेर’को अवस्थामा

जनकपुरधाम । केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सम्बन्धलाई