२०८२, २५ मंसिर बिहीबार

आफ्नै गाउँमा कुटिए राष्ट्रियसभा सदस्य रामप्रीत पासमान

आफ्नै गाउँमा कुटिए राष्ट्रियसभा सदस्य रामप्रीत पासमान


सर्लाही ३० कात्तिक : राष्ट्रियसभा सदस्य पासमानमाथि शुक्रबार उहाँकै गाउँमा कुटपिट भएको छ । कविलासी नगरपालिका–६ मदनपुरमा छलफल कार्यक्रममा एक समूहले पासमानलाई कुटपिट गरेको हो ।

उहाँ सङ्घीय समाजवादी फोरम नेपालबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । छलफल गरिरहेको अवस्थामा वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश रायलगायत सात जनाले एक्कासि आफ्नो ज्यान मार्ने किसिमले आक्रमण गरेको उहाँले बताउनुभयो । उहाँको शरीरमा चोट लागेको बताइएको छ ।

राष्ट्रियसभा सदस्य पासमान माथि संघातिक रुपमा आक्रमण गरिएको भन्दै नेपाल दलित सेवा समाजले आन्दोलनको चेतावनी दिएको छ । सङ्घका जिल्ला अध्यक्ष हेमन पासवानद्धारा हस्ताक्षरित विज्ञप्तिमा घटनाका दोषीलाई तत्काल कारवाही नगरिए आन्दोलन गर्ने चेतावनी दिइएको छ । यस्तै सङ्घीय समाजवादी फोरम नेपाल जिल्ला कार्यसमितिले समेत विज्ञप्ति जारी गर्दै घटनाको दोषीमाथि कारवाहीको माग गरेको छ । –रासस

 

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ८ : ३४ बजे

एमालेको नेतृत्व निर्माण बन्द सत्रबाट हुनेछ : सचिव पद्मा अर्याल

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा

प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौतामा हस्ताक्षर

काठमाडौं । सरकार र जेनजी आन्दोलनकारीबीच १० बुँदे ऐतिहासिक सम्झौतामा

जेनजी प्रतिनिधिहरूबीच झगडा प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारसँग सम्झौता सम्पन्न हुनासाथ सिंहदरबारभित्र जेनजी प्रतिनिधिहरूबीच तनावपूर्ण

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे