२०८२, १२ माघ सोमबार

मेला महोत्सवमा छाडापन निरुत्साहन गर्न मुख्यमन्त्रीको आग्रह

मेला महोत्सवमा छाडापन निरुत्साहन गर्न मुख्यमन्त्रीको आग्रह


परासी, ३० कात्तिक: प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मेला महोत्सवको नाममा अश्लिल र छाडा संस्कृतिलाई प्रोत्साहन नगर्न आग्रह गर्नुभएको छ । महोत्सवमा छाडापन बढ्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । पश्चिम नवलपरासीको बर्दघाटमा आजदेखि शुरु भएको तेस्रो बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले स्वस्थ मनोरञ्जनलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले बर्दघाट नगरपालिका प्रदेश नं ५ कै पूर्वी मुख्य प्रवेशद्वार भएकाले नगरलाई प्रदेशको पहिचान झल्किने गरी सुन्दर, हराभरा र समृद्धिको दिशामा अघि बढाउन आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले नवलपरासीको परासीस्थित बाइपास क्षेत्रलगायत तीन वटा औद्योगिक क्षेत्र र करिडोर स्थापनाका लागि अध्ययन शुरु गर्न लागेको जानकारी गराउनुभयो ।

प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल, बर्दघाट नगरपालिकाका प्रमुख धीरज बस्याललगायतले कार्यक्रममा बोल्नु भएको थियो । बर्दघाट उद्योग वाणिज्य सङ्घको आयोजना तथा बर्दघाट नगरपालिकाको सहआयोजनामा आजदेखि शुरु भएको मङ्सिर ११ गतेसम्म चल्ने मेलामा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको सङ्घका अध्यक्ष मीनराज शर्माले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ८ : ४० बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै