२०८२, १४ माघ बुधबार

महिला सशक्तीकरणका लागि हस्तकला

महिला सशक्तीकरणका लागि हस्तकला


काठमाडौँ, ३० कात्तिक:नेपाल कम्युनिष्ट पार्टीका नेता अष्टलक्ष्मी शाक्यले महिला सशक्तीकरणका लागि हस्तकला क्षेत्रको विकास गर्नुपर्ने बताउनुभएको छ । भृकुटीमण्डपस्थित १६औँ हस्तकला व्यापार मेलाको तेस्रो दिन आज प्रदर्शनीमा राखिएका सामग्रीको जानकारी लिएपछि सञ्चारकर्मीसँग उहाँले घरेलु उद्योग तथा हस्तकलाले स्थानीय क्षेत्रमा रोजगारी सिर्जना गर्ने बताउनुभयो ।

पार्टीको प्रदेश नं ३ की प्रमुख शाक्यले ग्रामीण भेगमा आर्थिक उपार्जनका लागि यो क्षेत्रको महत्व रहेको उल्लेख गर्दै विदेशमा गुणस्तरीय वस्तु निर्यात गर्नसकेमा राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालस्थित बङ्गलादेशका राजदूत मसफी बिन्टे शाम्स्, नेपालको लागि चीनका आर्थिक तथा वाणिज्य काउन्सलर झ्यांग फानलगायतले मेला अवलोकन गर्नुभएको छ । मेलाको अतिरिक्त आकर्षणका रुपमा रहेको अमूर्त सांस्कृतिक सम्पदाको प्रदर्शनीअन्तर्गत नृत्य प्रदर्शनीको क्रममा अमोघसिद्धि–आर्यतारा झ्याउरे नृत्य, कुमारी नृत्य तामाङ सेलो नृत्य र विभिन्न जातजातिबाट तामाङ र नेवारी गीतमा नृत्य तथा गीत प्रस्तुति गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ७ : ४६ बजे

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,