२०८२, २६ मंसिर शुक्रबार

गोकर्णेश्वर नगर सुरक्षा समिति गठन

गोकर्णेश्वर नगर सुरक्षा समिति गठन


काठमाडौँ, ३० कात्तिक : नागरिक र प्रहरीबीच समन्वयात्मक रुपमा घरेलु हिंसा, लागुऔषध नियन्त्रणलगायत शान्तिसुरक्षा कायम गराउने उद्देश्यले गोकर्णेश्वर नगरपालिकास्तरीय सुरक्षा समिति गठन गरिएको छ ।

नगरपालिका र महानगरीय प्रहरी वृत्त बौद्धको संयुक्त आयोजनामा आज नगर कार्यपालिकाको सभाकक्षमा आयोजित नगरस्तरीय भेलाले नगरप्रमुख सन्तोष चालिसेको संयोजकत्वमा ४३ सदस्यीय समिति गठन गरेको हो । समितिको सहसंयोजकमा उपप्रमुख शान्ति नेपाल र महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेल रहनुभएको छ । सदस्यसचिवमा वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द, सदस्यमा नौ वटै वडाका अध्यक्ष, नगरपालिकाका प्रशासकीय अधिकृत दीपक कोइराला, नगरपालिकामा रहेका सरकारी कार्यालयका प्रमुख, सङ्घसंस्थाका प्रतिनिधि, शिक्षक, सञ्चारकर्मीलगायत हुनुहुन्छ ।

कार्यक्रमनगरप्रमुख चालिसेले समाजमा शान्तिसुरक्षा कायम राख्न नागरिक र प्रहरीबीच हातेमालो हुनुपर्नेमा जोड दिनुभयो । वृत्तका प्रहरीप्रमुख चन्दले बर्दी लगाएका प्रहरीलाई बिना बर्दीका प्रहरी मानिने सचेत नागरिकबाट सहयोग र समन्वय हुनुपर्ने बताउनुभयो । समितिले वडा, टोल र विद्यालयस्तरीय सुरक्षा समिति गठन गर्ने जनाइएको छ । वडा सुरक्षा समितिको संयोजक वडाध्यक्ष रहने सो अवसरमा जानकारी गराइयो । विद्यालयस्तरीय समितिको संयोजक प्रधानाध्यापक र नागरिक समाजका सदस्यबाट टोल सुरक्षा समितिको संयोजक बनाइनेछ । विभिन्न तहमा निर्माण हुने समितिबीच सूचना आदान प्रदान गरी नगर क्षेत्रमा शान्तिसुरक्षा एवं अमनचैन कायम गराइनेछ ।
-रासस

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ७ : ३५ बजे

शीतलनिवासमा नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त चार मन्त्रीले शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको

एमाले महाधिवेशन १०८ रोपनी क्षेत्रमा उपत्यकाको संस्कृति झल्किने भव्य मञ्च

भक्तपुर । नेकपा (एमाले)ले ११औँ महाधिवेशनको उद्घाटनका लागि भक्तपुर सल्लाघारीमा

पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई जनाको पहिचान खुल्याे, आठ जना घाइते

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४, मित्याल चिउरेबासमा जिप दुर्घटना हुँदा

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

ईश्वर पोखरेल सुशीलासँग मिलेर मेरो विरुद्ध लागे : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र वरिष्ठ