२०८२, ८ फाल्गुन शुक्रबार

परराष्ट्रमन्त्रीको जापान भ्रमण शनिबारदेखि

परराष्ट्रमन्त्रीको जापान भ्रमण शनिबारदेखि


काठमाडौँ, ३० कात्तिक :परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आफ्ना जापानी समकक्षी तारो कोनोको निमन्त्रणामा जापानको पाँच दिवसीय भ्रमणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्सिर १ गते त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

जापानबाट स्वदेश फर्कनेक्रममा उहाँले मङ्सिर ६ र ७ गते थाइल्याण्डको भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीका साथ उहाँकी धर्मपत्नी सरस्वती ज्ञवाली रहनुहुनेछ । उक्त मन्त्रालयका अनुसार मङ्सिर ३ गते नेपाल र जापानबीच मन्त्रीद्वयको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । दुवै देशका परराष्ट्रमन्त्रीको उपस्थितिमा जापान सरकारबाट नेपाललाई प्राप्त हुने खाद्य सहायतासम्बन्धी हस्ताक्षर समारोह हुनेछ ।

मन्त्री ज्ञवालीले जापानका कृषि तथा वनमन्त्री ताकामोरी योसिकावाका साथै अन्य राजनीतिक नेतृत्वसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । नेपाल लगानी कार्यशालालाई उहाँले प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नुहुनेछ भने जापानमा रहेका नेपालीसँग छलफल गर्नुहुनेछ ।मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, अर्थ र परराष्ट्र मन्त्रालय तथा लगानी बोर्डका उच्च अधिकारी हुनुहुन्छ ।
मन्त्री ज्ञवाली मङ्सिर ७ गते शुक्रबार स्वदेश फर्कनुहुनेछ ।
-रासस

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ६ : ४६ बजे

अमित लामालाई तेमालमा भव्य स्वागत, समाजवादी नेता घर फर्किए

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)का केन्द्रीय सदस्य तथा

सिन्धुलीमा एक सय बढी नेकपा कार्यकर्ता एमालेमा समाहित, मरिणबाट उठ्यो बिद्रोहको झण्डा

सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका एक सय भन्दा बढी स्थानीय

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र