२०८२, १७ मंसिर बुधबार

वाइड बडीका कारण निगम ‘वित्तीय जोखिममा’

वाइड बडीका कारण निगम ‘वित्तीय जोखिममा’


काठमाडौं, कात्तिक ३०: अपिरपक्व व्यावसायिक योजनाका भरमा वाइड बडी ल्याउँदा वित्तीय जोखिम बढेको नेपाल एयरलाइन्स स्वयंले देखाएको छ। ऋणैऋणको खाडलबाट उकास्न उसले सरकारसँग आर्थिक सहयोगको याचना गरेको छ।कार्यकारी अध्यक्ष मदन खरेलले बिहीबार स्वेतपत्र जारी गर्दै भनेका छन्, ‘निगमसँग उपलब्ध नगद प्रवाहभन्दा तिर्नुपर्ने दायित्व अत्यधिक छ। वाइड बडी जहाजको व्यावसायिक योजनाअनुसार सञ्चालन नभएसम्म उक्त कमी पूर्ती गर्न निगमलाई तत्काल सरकारबाट आर्थिक सहायता आवश्यक छ।’

निगमले बिचौलियाको सञ्जाल खडा गरी दुई वाइड बडी जहाज ल्याएको छ। निर्माता एयरबसको वेबसाइटमा ती जहाज हाई फ्लाई नामक कम्पनीले नेपाललाई भाडामा दिएको उल्लेख छ।कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको १२-१२ अर्बसहित करिब २५ अर्ब रुपैयाँ त्यसमा खर्चिइएको छ। त्यसको दैनिक एक करोड रुपैयाँभन्दा बढी ब्याज मात्रै तिर्नुपर्छ।

अर्कातिर, दुवै वाइड बडी नयाँ गन्तव्यमा चलाइएको छैन। पहिलाका दुई न्यारो बडीको सेक्टर खोसेर तिनलाई बेला-बेला सञ्चालनमा ल्याइएको छ। स्वेतपत्रका अनुसार सबैजसो अन्तर्राष्ट्रिय उडान क्षेत्रमा यात्रु संख्या घट्दो छ। अर्थात्, यात्रु घटे। जहाज थपिए। सेक्टर बढेनन्। यसले निगमको नोक्सान तीव्र बढाएको छ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ७ : २२ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी