२०८२, ८ फाल्गुन शुक्रबार

१२ देशका श्रममन्त्री नेपालमा

१२ देशका श्रममन्त्री नेपालमा


काठमाडौं, कात्तिक ३० : वैदेशिक रोजगारीमा कामदार पठाउने विभिन्न १२ देशका श्रममन्त्री नेपाल आएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा बिहीबारदेखि काठमाडौंमा सुरु भएको संयुक्त बैठक (कोलम्बो प्रोसेस)मा मन्त्रीहरू नेपाल आएका हुन्।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कोलोम्बो प्रोसेसले कामदार पठाउने र रोजगारदाता देश दुवैलाई फाइदा पुग्ने बताए। प्रवासी मजदुरको अधिकार सुनिश्चित गर्न लाग्नुपर्ने उनले बताए। श्रम क्षेत्रका चुनौती सम्बोधन गर्न सामूहिक प्रयासबाट अझ धेरै अवसर प्राप्त गर्ने मन्त्री विष्टले जानकारी दिए। आईओएमले कोलोम्बो प्रक्रियाले ठोस योजना बनाउने विश्वास व्यक्त गरेको छ। ‘कोलोम्बो प्रोसेसले आप्रवासन व्यवस्थापनमा सघाउ पुग्ने आईओएमले जनाएको छ। शुक्रबार मन्त्रीस्तरको बैठक हुनेछ। बैठकको नेपालले अध्यक्षता गरेको छ।

मन्त्रीस्तरीय बैठकको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्नेछन्। बैठकमा कामदारको हकहितका विषयमा छलफल हुनेछ। कामदार आपूर्ति गर्ने देशबीच कामदारको हकहितका लागि साझा एजेन्डा बनाउन छलफल हुनेछ। कोलम्बो प्रोसेसको बैठकले आप्रवासी कामदारको आर्थिक, सामाजिक सुरक्षा, आधारभूत अधिकार प्रत्याभूत र आपसी सहकार्य गर्न महत्र्वपूर्ण भूमिका खेल्ने मन्त्रालयले जनाएको छ।

बैठकमा नेपाल, इन्डोनेसिया, भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, भियतनाम, श्रीलंका, अफगानिस्तान, कम्बोडिया, थाइल्यान्ड र चीनका श्रममन्त्री र उच्च सरकारी अधिकृत सहभागी भएका छन्। यी १२ देशबाट वार्षिक २५ लाखभन्दा बढी कामदार खाडी तथा मलेसियामा रोजगारी गर्न जान्छन्। यो समचार आजको अन्नपुर्ण पोष्टमा छ l

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ७ : १७ बजे

अमित लामालाई तेमालमा भव्य स्वागत, समाजवादी नेता घर फर्किए

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)का केन्द्रीय सदस्य तथा

सिन्धुलीमा एक सय बढी नेकपा कार्यकर्ता एमालेमा समाहित, मरिणबाट उठ्यो बिद्रोहको झण्डा

सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका एक सय भन्दा बढी स्थानीय

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र