२०८३, १७ आश्विन आईतबार

उच्च वित्तीय जोखिममा नेपाल वायुसेवा निगम

उच्च वित्तीय जोखिममा नेपाल वायुसेवा निगम


काठमाडौँ, २९ कात्तिक : अन्तर्राष्ट्रिय उडानका लागि हालै दुई वटा नयाँ वाइड वडी जहाज भित्र्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम उच्च वित्तीय जोखिममा परेको जनाएको छ । निगमले संस्थाको वर्तमान अवस्था र आगामी रणनीतिबारे स्वेतपत्र जारी गर्दै जहाजको तिर्नुपर्ने कर्जाले निगमको तरलता अवस्था तथा नाफामा सिधै असर पर्न गएको भन्दै वित्तीय सूचकलाई अनुकूल बनाउन तुरुन्त पूँजी लगानी भित्र्याइ वित्तीय जोखिम न्यूनीकरण गरी निगमको विश्वसनीयता कायम गर्न सरकारसँग आग्रह गरेको हो ।

निगमसँग उपलब्ध नगद प्रवाह तथा निगमले तिर्नुपर्ने दायित्व अत्यधिक रहेको जनाउँदै वाइड बडी जहाजको व्यावसायिक योजनाअनुसार सञ्चालन नभएसम्म उक्त कमीलाई पूर्ति गर्न निगमलाई तत्कालै सरकारको आर्थिक सहायता आवश्यक परेको जनाएको छ । निगमको अधिकृत पूँजी रु ३० करोड छ । हाल निगमको पूँजी लगानी रु तीन अर्ब १० करोड रहेको छ । उक्त पूँजी लगानी अधिकृत पूँजीभन्दा बढी भएकाले यथाशीघ्र नियमित गर्नुपर्ने आवश्यकता छ ।

निगमका अनुसार जहाजको तिर्नुपर्ने कर्जा रकम रु ३२ अर्ब ८७ करोड रहेको छ । निगमको दीर्घकालीन कर्जा÷जम्मा पूँजी रु ३९ अर्ब ८२ करोड रहेकाले निगम उच्च वित्तीय जोखिममा रहेको हो । पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमको पहिलाको अवस्थाभन्दा नयाँ वाइड बडी जहाज खरिदपछि डेढ गुणाबढी व्यापार क्षमता वृद्धि भएकाले संस्थाको आर्थिक चुनौती स्वभाविक भए पनि अवस्था सुधार्न लागिपरेको बताउनुभयो ।

“हामीले निगमको इतिहासमै ठूलो व्यापार विस्तार गरेकाले नगद प्रवाहको समस्या आगामी दिनमा भोग्नुपर्ने देखिन्छ, यो अवस्था आउनुमा संस्थाको अधिकृत पूँजी कति छ, कति अनुपयोग भएको छ, त्यसलाई ध्यान दिन जरुरी छ । कर्जाको असमानताले तत्कालै आर्थिक समस्या देखिएको हो, एक वर्षभित्रमा यसलाई सुधार ल्याउँछौँ”, उहाँले भन्नुभयो । अध्यक्ष खरेलले वाइड बडी जहाजलाई चाँडोभन्दा चाँडो लामो गन्तब्यमा उडाएर नाफा कमाउने कार्ययोजनाका साथ अघि बढेको उल्लेख गर्नुभयो । निगमसँग पूँजी अत्यन्त न्यून रहेको र कर्जा प्रवाहमा समस्या परेकाले सरकारसँग पूँजी वृद्धिका लागि रु २० अर्ब माग गरिएको स्पष्ट गर्दै निगमलाई जहाज थप्दै सेवालाई प्रभावकारी बनाउन रकम आवश्यक भएको बताउनुभयो ।

वाइड बडी विमान खरिद सम्बन्धमा अनियमितता भएको भनी सोधिएको प्रश्नमा अध्यक्ष खरेलले जहाज खरिद प्रक्रियाको सम्बन्धमा प्रश्न उठाउने सम्बन्धित निकायमा निगमले ताकेता गरेको र छिट्टै यथार्थ सार्वजनिक गरिने उल्लेख गर्नुभयो । निगमको कूल कर्जा रु ३९ अर्ब ३८ करोड र सम्पत्ति करीब रु ५० अर्ब रहेको छ । निगमले जहाज खरिद गरेबापत रु एक अर्ब १३ करोड त्रैमासिकरुपमा ब्याज तिर्दै आएको छ ।

चार महीनाभित्र चार गन्तब्य
नयाँ गन्तब्यका लागि पहल गरिरहेको निगमले वाइड बडी जहाजबाट अबको चार महीनाभित्र चार गन्तब्यमा उडान गरिने जनाएको छ । निगमका अध्यक्ष खरेलका अनुसार चीन, जापान, दक्षिण कोरिया र साउदी अरबमा उडानका लागि प्रक्रियामा रहेको छ । निगम राष्ट्रिय धरोहर भएकाले यसको सफलताका लागि सबैको साथ सहयोग चाहिने खाँचो औँल्याउनुभयो । निकट भविष्यमा युरोप अमेरिकाका गन्तब्यमा उडान भर्ने निगमको योजना छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुरुप निगमले हाल ३५ विदेशी एयरलाइन्सलाई भूमिस्थ (ग्राउण्ड ह्याण्डलिङ) सेवा प्रदान गर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानलाई दुई थान वाइड बडी ए ३३० जहाज, दुई थान न्यारो वडी ए ३२० जहाज र एक थान बोइङ जहाज रहेका छन् । आन्तरिक उडानका लागि तीन वटा टुइनटर, दुई वटा एमए–६०, चार वटा वाई–१२ इ विमान छन् । निगमले अन्तर्राष्ट्रियतर्फ आठ र आन्तरिकतर्फ २२ गन्तब्यमा उडान भर्दै आएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  ८ : ४४ बजे

एनसेलको आइफोन १८ अफर : फोन किन्दा अनलिमिटेड डेटा, कल र ओटीटी

काठमाडौं । एनसेलले एप्पलका नयाँ आइफोन १८ सिरिज खरिद गर्ने

टेक्नोको फेस्टिभ अफर : स्मार्टफोन किन्दा ५ लाखको सुन जित्ने मौका

दसैँ–तिहारमा फोन खरिद गर्ने ग्राहकलाई सुनदेखि चाँदीसम्मका उपहार काठमाडौं ।

कांग्रेस महाधिवेशनमा सुरक्षा कडा, तालिम प्राप्त कुकुरदेखि सादा पोशाकका प्रहरीसम्म

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाको

समाजसेवाको उदाहरण बने शेर्पा : विद्यालयलाई पोसाक र स्मार्ट बोर्ड सहयोग

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका–१ का पूर्व वडाध्यक्ष तथा समाजसेवी

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा तीर्थ लामाको उम्मेदवारी, संगठन र संसदीय अनुभवलाई आधार

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा काभ्रेपलाञ्चोक जिल्ला सभापति, पूर्वमन्त्री