२०८२, १ माघ बिहीबार

जिपले ठक्कर दिँदा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य गोमा शाहीको निधन

जिपले ठक्कर दिँदा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य गोमा शाहीको निधन


राँझा, २९ कात्तिक: बाँकेको कोहलपुरमा सडक दुर्घटनामा परी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको बुधबार मृत्यु भएको छ । कोहलपुर निवासी शाही सवार मोटरसाइकललाई गए राति पौने ८ बजे कोहलपुरको विद्युत्रोड नजिक सडक पार गर्ने क्रममा एक भ्यानले ठक्कर दिँदा उहाँ घाइते हुनुभएपछि कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममो निधन भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

भे१च १६७२ नंको निजी मालवाहक भ्यानले शाही सवार भे२प ३०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अञ्जिल शाही पनि गम्भीर घाइते हुनुभएको प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिनुभयो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच बाँकेको पिपरीबाट कोहलपुरतर्फ जाँदै गरेकोे भे१ह ३४७७ नंको अटो रिक्सा दुर्घटना हुँदा बुधबार दिउँसो चालक नारायण पौडेलको मृत्यु भएको छ । पिपरी निवासी पौडेलले चलाएको अटो रिक्सा अनियन्त्रित भई नालामा खसेको थियो । घाइते पौडेलको उपचारको क्रममा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  ७ : ४१ बजे

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना