२०८३, १६ आश्विन शनिबार

जिपले ठक्कर दिँदा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य गोमा शाहीको निधन

जिपले ठक्कर दिँदा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य गोमा शाहीको निधन


राँझा, २९ कात्तिक: बाँकेको कोहलपुरमा सडक दुर्घटनामा परी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको बुधबार मृत्यु भएको छ । कोहलपुर निवासी शाही सवार मोटरसाइकललाई गए राति पौने ८ बजे कोहलपुरको विद्युत्रोड नजिक सडक पार गर्ने क्रममा एक भ्यानले ठक्कर दिँदा उहाँ घाइते हुनुभएपछि कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममो निधन भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

भे१च १६७२ नंको निजी मालवाहक भ्यानले शाही सवार भे२प ३०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अञ्जिल शाही पनि गम्भीर घाइते हुनुभएको प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिनुभयो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच बाँकेको पिपरीबाट कोहलपुरतर्फ जाँदै गरेकोे भे१ह ३४७७ नंको अटो रिक्सा दुर्घटना हुँदा बुधबार दिउँसो चालक नारायण पौडेलको मृत्यु भएको छ । पिपरी निवासी पौडेलले चलाएको अटो रिक्सा अनियन्त्रित भई नालामा खसेको थियो । घाइते पौडेलको उपचारको क्रममा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  ७ : ४१ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार