२०८२, २७ भाद्र शुक्रबार

प्रहरीलाई घुस दिने ट्रक चालकलाई पक्राउ

प्रहरीलाई घुस दिने ट्रक चालकलाई पक्राउ


काठमाडौँ, २८ कात्तिक : महानगरीय प्रहरीवृत्त बानेश्वरले प्रहरीलाई घुस दिने ट्रक चालकलाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–१० स्थित बुद्धनगर चोकमा सवारी साधन जाँच गर्ने क्रममा घुसदिन खोज्ने बा२ख ८१२९ नंको मिनिट्रकका चालक जीतबहादुर तामाङलाई आज दिउँसो पक्राउ गरेको हो ।

तामाङले मिनिट्रकको कागजपत्र नभएको भनी प्रहरीलाई रु एक हजार घुस दिन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय प्रवक्ता पूजा सिंहले जानकारी दिनुभयो । यसैगरी मध्यपुरथिमि नगरपालिका–३ गट्ठाघर चोकमा सवारी साधन जाँच गर्ने क्रममा प्रहरीलाई घुसदिने ना५ख ७१८१ नंको ट्रक चालक मुरतुजमिया चुरियालाई आज पक्राउ गरेको छ ।

चुरियाले रुट प्रमिट कागजकोभित्र रु २०० प्रहरीलाई दिन खोज्दा पक्राउ गरेको हो । दुवै चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता सिंहले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २८ कार्तिक बुधबार  ९ : ११ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा