२०८२, १७ मंसिर बुधबार

मधुमेह दिवस : नियमित व्यायाम गर्न सुझाव

मधुमेह दिवस : नियमित व्यायाम गर्न सुझाव


भादगाउँ, २८ कात्तिक : विश्व मधुमेह दिवसका अवसरमा आज भक्तपुरमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ए टु एमडी ३२५ को आयोजनामा जनचेतनामूलक ¥याली सम्पन्न भएको छ । लायन्स क्लब सेवा समन्वय समिति भक्तपुरको समन्वयमा आयोजित सो ¥यालीसँगै मधुमेहसम्बन्धी अन्तक्र्रिया र निःशुल्क मधुमेह परीक्षणसमेत गरिएको थियो ।

¥यालीको समापनपछि आयोजित अन्तक्र्रियामा डा अंशुमाली जोशीले मधुमेहबाट बच्न र बचाउन दैनिक खानपानमा ध्यान दिन, नियमित ब्यायाम गर्न, तनावमुक्त जीवनशैली अपनाउन सुझाव दिनुभयो । कार्बोहाइडेटको मात्रा बढी भएको खाना, चिल्लो र गुलियो पदार्थ बढी हुँदा पनि मधुमेहको सम्भावना हुने जनाउँदै उहाँले मधुमेहका बिरामीले हेलचेक्र्याइँ गर्दा मिर्गौला खराब हुने, पक्षाघात, अन्धोपन तथा खुट्टा काट्नुपर्नेसम्मका अवस्था आउने भएकाले सचेत रहन आग्रह गर्नुभयो ।

अल्का अस्पताल, डा इवामुरा अस्पताल, भक्तपुर हार्ट एण्ड डायविटिज सेन्टरको सहकार्यमा टौमढी, दरबार स्क्वायर र दत्तात्रयमा निःशुल्क मधुमेह शिविर सञ्चालन भएको थियो । मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा विश्व मधुमेह दिवस मनाउन थालिएको हो । विश्वभर ३५ करोडभन्दा बढी जनसङ्ख्या मधुमेहको खतरामा रहेको विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो आँकडा छ । नेपालमा भने करीब १० लाख मानिस मधुमेह रोगबाट प्रताडित रहेको अनुमान गरिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २८ कार्तिक बुधबार  ८ : ५६ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी