२०८२, ८ फाल्गुन शुक्रबार

सरकारको सङ्कल्पमा जनताको सहयोग आवश्यक: मन्त्री कार्की

सरकारको सङ्कल्पमा जनताको सहयोग आवश्यक: मन्त्री कार्की


विराटनगर, २८ कातिक : प्रदेश नं १ का कार्यवाहक मुख्यमन्त्री एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश समृद्ध बनाउने प्रदेश सरकारको सङ्कल्पमा आम जनताको सहयोग अपेक्षा गर्नुभएको छ ।

प्रदेश नं १ को सरकारका तर्फबाट राष्ट्रिय चाडपर्वको सन्दर्भमा स्थानीय आदर्श उच्च माविमा आज आयोजित विशेष सांस्कृतिक महोत्सवमा उहाँले चाडपर्वले राष्ट्रिय एकतालाई खदिलो र बलियो बनाउन मद्दत गरेको बताउनुभयो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले विविधताबीचको एकता हाम्रो पहिचान भएको बताउँदै सरकारले सबै जातजातिका धर्म, संस्कृतिलाई संरक्षण गर्ने स्पष्ट पार्नुभयो ।

प्रदेश नं १ का प्रमुख प्रा डा गोबिन्दबहादुर तुम्वाहाङको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सभामुख प्रदीपकुमार भण्डारीसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका उच्चअधिकारीको उपस्थिती थियो । सो अवसरमा थारु, बाँतर, मुस्लिम समुदाय, धिमाल, मगर, राई, राजवंशी र उराव जातिका झाँकी प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : २०७५, २८ कार्तिक बुधबार  ८ : ५१ बजे

अमित लामालाई तेमालमा भव्य स्वागत, समाजवादी नेता घर फर्किए

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)का केन्द्रीय सदस्य तथा

सिन्धुलीमा एक सय बढी नेकपा कार्यकर्ता एमालेमा समाहित, मरिणबाट उठ्यो बिद्रोहको झण्डा

सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका एक सय भन्दा बढी स्थानीय

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र