२०८२, २३ कार्तिक शनिबार

डा. दुर्गा थापा पहिलो महिला एआइजी

डा. दुर्गा थापा पहिलो महिला एआइजी


काठमाडौं, कात्तिक २८:स्थापनाको ६३ वर्षपछि नेपाल प्रहरीमा महिला पहिलोपटक विशिष्ट श्रेणीमा पुगेका छन् ।प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा पहिलो महिला एआइजी बनेकी हुन् ।डा. थापालाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दर्ज्यानी चिह्न लगाइदिएका छन् ।

आइतबारको मन्त्रिपरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।एआइजीका रूपमा अब उनीले प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नेछिन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

यसअघि नेपाल प्रहरीमा डिआइजी पदसम्म मात्र महिला पुगेका थिए । पार्वती थापा र विमला थापा सात वर्षअघि डिआइजीमा बढुवा भएका थिए ।उनीहरूको अवकाश सोही पदबाटै भएको थियो । उनीहरूलाई विशेष पद सिर्जना गरेर डिआइजी बनाइएको थियो ।

प्रकाशित मिति : २०७५, २८ कार्तिक बुधबार  ७ : ४३ बजे

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा