२०८२, १ माघ बिहीबार

पाटन सङ्ग्रहालय स्थापनाको २१ वर्ष पूरा

पाटन सङ्ग्रहालय स्थापनाको २१ वर्ष पूरा


काठमाडौँ, २७ कात्तिक: विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहको पाटन सङ्ग्रहालय स्थापना भएको २१ वर्ष पूरा भएको छ । पछिल्लो समय नेपालका ऐतिहासिक सम्पदाको स्थलगत अवलोकन गर्नेको संख्या वृद्धि हुँदै गएको छ । गत आव २०७४÷७५ मा दुई लाख ३२ हजार ५९४ जनाले पाटन सङ्ग्रहालयको अवलोकन गरेको सङ्ग्रहालयका अधिकृत सुरेशमान लाखेँले जानकारी दिनुभयो । पछिल्लो समय उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटकले समेत पाटन सङ्ग्रहालयको अवलोकन गरेका छन् । आव २०७३÷०७४ मा एक लाख ७६ हजार ९०६ जनाले सङ्ग्रहालयको अवलोकन गरेका थिए । जसमा एक लाख आठ हजार ८२८ विदेशी पर्यटक रहेका थिए ।

विकास समिति ऐन, २०१३ अनुसार विसं २०५३ मा पाटन सङ्ग्रहालय विकास समिति गठन गरी विसं २०५४ कात्तिक १२ गतेदेखि सञ्चालनमा आएको हो । सन् १९८३ देखि १९९७ सम्म विश्व सम्पदा सूचीकृत अनेक सङ्ख्यामा मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदा रहेको पाटन दरबारमा पुरातत्व विभाग र अष्ट्रियाली सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा संरक्षणको काम भएको थियो ।

नेपाली साँस्कृति एवं परम्परागत मूर्तिकला तथा वास्तुकलालाई प्रदर्शनीको माध्यमबाट नेपाली नागरिक तथा विश्वसामु परिचित गनराउनु मुख्य उद्देश्य भएको सङ्ग्रहालयले जनाएको छ । विसं २०७२ को ‘गोरखा भूकम्प’बाट पाटन सङ्ग्रहालय रहेको केशवनारायण चोकस्थित पाटन दरबारको गाह्रोमा क्षति पुगेको थियो । अहिले पनि यसको संरक्षण जारी छ । सङ्ग्रहालय संरक्षणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, संस्कृति मन्त्रालय, पुरातत्व विभाग एवं युनिभर्सिटी अफ एप्लाइड आर्टस् भियनामार्फत अष्ट्रेलियन विकास नियोग (एडिए) को सहयोगमा संरक्षणको कार्य भइरहेको छ ।

एडिएको आर्थिक सहयोग एवं वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्राविधिक सहयोगमा रु चार लाख ६२ हजार ६०७ को लागतमा सङ्ग्रहालयको सम्पूर्ण प्रदर्शनीकक्ष सौर्य ऊर्जाबाट सञ्चालन हुने व्यवस्था मिलाइएको छ । सङ्ग्रहालय विस्तारका क्रममा काठमाडौँ उपत्यका संरक्षण कोषको सहयोगमा मूलचोकमा तीनवटा प्रोजेक्टर रहेको श्रव्यदृश्य कक्ष खुला गरिएको छ । यसमा करीब २०० वर्ष अघिको ‘फिलिडेपा म्युजियम’ को सङ्ग्रहमा रहेको नेपालको पौभा कलाको उत्कृष्ट नमूनाका रुपमा गोसाइँकुण्ड यात्राको सन्दर्भमा कोरिएको पौभाचित्रलाई प्रदर्शनी गरिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ९ : ३१ बजे

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७