२०८२, १७ मंसिर बुधबार

लुम्बिनीमा पहिलोपटक बौद्ध ग्रन्थ त्रिपिटक वाचन

लुम्बिनीमा पहिलोपटक बौद्ध ग्रन्थ त्रिपिटक वाचन


काठमाडौँ, २७ कात्तिक: अखिल नेपाल भिक्षु महासङ्घले बुधबार लुम्बिनीमा पहिलोपटक बौद्ध ग्रन्थ त्रिपिटक वाचन गर्ने भएको छ । यसका लागि विभिन्न २० देशका करीब एक हजार भिक्षु सहभागी हुने भएका छन् । बौद्ध साहित्यमा महत्वपूर्ण बौद्धग्रन्थका रुपमा लिइएको त्रिपिटक वाचनका लागि अन्तर्राष्ट्रिय तहबाट भिक्षुको व्यवस्था गरिएको महासङ्घले जनाएको छ ।

अभिधम्म पिटक, सुत्त पिटक र विनय पिटकलाई त्रिपिटक भनिन्छ । यी तीन वटालाई बौद्ध साहित्यमा ठूलो ग्रन्थका रुपमा लिइएको छ । अभिधम्ममा बौद्ध दर्शनको पक्षलाई समेटिएको छ भने सुत्तमा सूत्रहरुको व्यवस्था गरिएको छ । त्यसैगरी भिक्षुहरुका आचरणलाई विनयमा राखिएको छ ।

यही कात्तिक २८ देखि ३० गतेसम्म वाचन गरिने त्रिपिटक पाली, देवनागरी, थाईलगायत भाषाको व्यवस्था गरिएको महासङ्घका सदस्य भिक्षु तपस्सी धम्मले जानकारी दिनुभयो । करीब ४० लाख खर्चमा सम्पन्न हुने उक्त कार्यक्रमको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी गर्नुहुने आयोजकले जनाएको छ ।

त्रिपिटक बुद्धले दिएको ज्ञान र शिक्षाको सार सङ्ग्रहित मानिन्छ । लुम्बिनीमा पहिलो पटक वाचन गर्न लागिएको उक्त कार्यक्रमले धार्मिक पर्यटक वृद्धि गर्ने अपेक्षा लिइएको छ । शाक्यमुनि बुद्धकै समयमा अभिधम्म र सुत्त पिटक विकास भएको हो भने विनयपिटक सम्राट अशोकको पालामा लेखिएको बौद्ध ग्रन्थ हो ।
-रासस

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ९ : १८ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी