२०८३, १७ आश्विन आईतबार

पौभा चित्रकलाबाट विश्वमा नेपाललाई चिनाउँदै

पौभा चित्रकलाबाट विश्वमा नेपाललाई चिनाउँदै


काठमाडौँ, २७ कात्तिक:नेपाली समुदायमा पौभा चित्रकलाले विशेष महत्व बोकेको छ । नेपालको साँस्कृतिक पहिचानका रुपमा यसले विश्वमाझ परिचय बनाइराखेको छ । शुरुआतमा पौभा चित्रकलालाई थाङ्का चित्र भन्ने गरिन्थ्यो । यसलाई थाङ्का नभनेर पौभा चित्रकलाको नाम वरिष्ठ चित्रकार दीपककुमार जोशीले दिनुभएको बताइन्छ । एक चित्रकार मात्र नभएर मिडियाकर्मीका रुपमा समेत नाम बनाइसक्नुभएका उहाँले तत्कालीन श्री ५ को सरकारका पालामा नेपाल टेलिभिजनमार्फत पौभा

चित्रकला विशेष कार्यक्रम चलाएर नेपाली समुदायमा पौभा चित्रको महत्वलाई बढाउन मद्दत पु¥याउनुभएको थियो । चार दशकभन्दा बढी समय पौभा चित्रकलामा समय बिताइसक्नुभएका जोशी आफूले चित्र बनाउन शुरु गर्दा काठमाडौँको बजारमा मूल्य नपाएको स्मरण गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “चित्र बिक्री नहुँदा पनि चित्रकलाप्रतिको मोहले मलाई सधैंँ चित्र बनाइराख्न हौसला मिल्यो ।” कुनै पनि कामलाई निरन्तरता दिएमा एक दिन अवश्य सफल बनिन्छ भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

अहिले पैसाकै लागि चित्र बनाइरहेका युवापुस्तालाई देख्दा आफूमा नै हीनताबोध हुने बताउँदै उहाँ आफूले गरेको कामबाट राष्ट्रको पहिचान बनाउनुपर्ने उल्लेख गर्नुहुन्छ । सिद्धिमुनि शाक्यबाट प्रभावित भएर चित्रकलामा प्रवेश गर्नुभएका जोशी सानैदेखि चित्रकलामा निपुण हुुनुहुन्थ्यो । आफूसँग कुनै लगानीको स्रोत नहुँदा उहाँले विभिन्न व्यक्तिको पसलमा बसेर आफ्नो चित्रकलालाई बिक्री गरी जीविका चलाउनुहुन्थ्यो । लामो समय पौभा चित्रकलामा जीवन बिताइसक्नुभएका जोशीको सम्मानस्वरुप आज नेपाल कला परिषद्मा नेपाल परम्परागत चित्रकला परिषद्ले उहाँलाई रु चार लाखसहित अभिनन्दन गरेको छ । आफूले अभिनन्दन पाएर ५६ वर्षका उमेरमा पनि थप ऊर्जा मिलेको उहाँ बताउनुुहुन्छ ।

उहाँले बनाउनुभएका चित्र फ्रान्स, जर्मनी, अमेरिकालगायत देशका विभिन्न सङ्ग्रहालयमा समेत सङ्गृहीत छन् । उक्त चित्रबाट नेपालको पहिचानसमेत विश्वमा बढेको छ । जोशीलाई नजीकबाट चिन्ने सबैले उहाँको खुलेर प्रशंसा गर्न हिच्चिचाउँदैनन् । बाल्यावस्थादेखि जोशीको सङ्गत गर्दै आउनुभएका वरिष्ठ कलाकार उदयचरण श्रेष्ठ आफूले केही नजान्दासम्म जोशीमा अहिलेजस्तै परिपक्वता आइसकेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दिनभर साथीहरुसँगै काम गरे पनि रातको समयमा समेत उहाँ निद्रा नलाग्ने औषधि खाएर काम गर्नुहुन्थ्यो ।” जोशीविना नेपाली पौभा चित्रकलाको कुनै इतिहास नरहने उहाँको ठम्याइ छ ।

जोशीको चित्रको समालोचना गर्दै आउनुभएका कलाकार रमेश खनाल उहाँको चित्रकलामा कुनै कथा लुकेको बताउनुुहुन्छ । जोशीका प्रायः चित्रकला बौद्ध दर्शनमा आधारित रहेको उहाँले बताउनुभयो । नेपाल कला परिषद्का अध्यक्ष समेत रहनुभएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी चित्रकलामा नयाँ आयाम दिनुपर्ने बताउनुुहुन्छ । नेपाल पर्यटन वर्ष २०२० मा नेपाली चित्रकलालाई पनि जोड्न सके देशले सोचेको लक्ष्य पूरा गर्न सक्ने उहाँको विचार छ ।

ललितकला पत्रकार समाज(सोफाज) र कार्टुनिष्ट क्लबको आयोजनामा कला परिषद्मा जोशीको चित्रकला प्रदर्शनी ‘कलायात्रा’ शीर्षकमा आजदेखि शुरु भएको छ । सोफाजका अध्यक्ष केशवराज खनालले जोशीजस्ता प्रतिभालाई प्रदर्शनीमा उभ्याउन पाउँदा गर्व लागेको बताउनुभयो । यही कात्तिक ३० गतेसम्म हुने प्रदर्शनीका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट उहाँले बनाउनुभएकाचित्र सङ्कलन गरिएको थियो ।

 

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ८ : ४९ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार