२०८२, १ माघ बिहीबार

पौभा चित्रकलाबाट विश्वमा नेपाललाई चिनाउँदै

पौभा चित्रकलाबाट विश्वमा नेपाललाई चिनाउँदै


काठमाडौँ, २७ कात्तिक:नेपाली समुदायमा पौभा चित्रकलाले विशेष महत्व बोकेको छ । नेपालको साँस्कृतिक पहिचानका रुपमा यसले विश्वमाझ परिचय बनाइराखेको छ । शुरुआतमा पौभा चित्रकलालाई थाङ्का चित्र भन्ने गरिन्थ्यो । यसलाई थाङ्का नभनेर पौभा चित्रकलाको नाम वरिष्ठ चित्रकार दीपककुमार जोशीले दिनुभएको बताइन्छ । एक चित्रकार मात्र नभएर मिडियाकर्मीका रुपमा समेत नाम बनाइसक्नुभएका उहाँले तत्कालीन श्री ५ को सरकारका पालामा नेपाल टेलिभिजनमार्फत पौभा

चित्रकला विशेष कार्यक्रम चलाएर नेपाली समुदायमा पौभा चित्रको महत्वलाई बढाउन मद्दत पु¥याउनुभएको थियो । चार दशकभन्दा बढी समय पौभा चित्रकलामा समय बिताइसक्नुभएका जोशी आफूले चित्र बनाउन शुरु गर्दा काठमाडौँको बजारमा मूल्य नपाएको स्मरण गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “चित्र बिक्री नहुँदा पनि चित्रकलाप्रतिको मोहले मलाई सधैंँ चित्र बनाइराख्न हौसला मिल्यो ।” कुनै पनि कामलाई निरन्तरता दिएमा एक दिन अवश्य सफल बनिन्छ भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

अहिले पैसाकै लागि चित्र बनाइरहेका युवापुस्तालाई देख्दा आफूमा नै हीनताबोध हुने बताउँदै उहाँ आफूले गरेको कामबाट राष्ट्रको पहिचान बनाउनुपर्ने उल्लेख गर्नुहुन्छ । सिद्धिमुनि शाक्यबाट प्रभावित भएर चित्रकलामा प्रवेश गर्नुभएका जोशी सानैदेखि चित्रकलामा निपुण हुुनुहुन्थ्यो । आफूसँग कुनै लगानीको स्रोत नहुँदा उहाँले विभिन्न व्यक्तिको पसलमा बसेर आफ्नो चित्रकलालाई बिक्री गरी जीविका चलाउनुहुन्थ्यो । लामो समय पौभा चित्रकलामा जीवन बिताइसक्नुभएका जोशीको सम्मानस्वरुप आज नेपाल कला परिषद्मा नेपाल परम्परागत चित्रकला परिषद्ले उहाँलाई रु चार लाखसहित अभिनन्दन गरेको छ । आफूले अभिनन्दन पाएर ५६ वर्षका उमेरमा पनि थप ऊर्जा मिलेको उहाँ बताउनुुहुन्छ ।

उहाँले बनाउनुभएका चित्र फ्रान्स, जर्मनी, अमेरिकालगायत देशका विभिन्न सङ्ग्रहालयमा समेत सङ्गृहीत छन् । उक्त चित्रबाट नेपालको पहिचानसमेत विश्वमा बढेको छ । जोशीलाई नजीकबाट चिन्ने सबैले उहाँको खुलेर प्रशंसा गर्न हिच्चिचाउँदैनन् । बाल्यावस्थादेखि जोशीको सङ्गत गर्दै आउनुभएका वरिष्ठ कलाकार उदयचरण श्रेष्ठ आफूले केही नजान्दासम्म जोशीमा अहिलेजस्तै परिपक्वता आइसकेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दिनभर साथीहरुसँगै काम गरे पनि रातको समयमा समेत उहाँ निद्रा नलाग्ने औषधि खाएर काम गर्नुहुन्थ्यो ।” जोशीविना नेपाली पौभा चित्रकलाको कुनै इतिहास नरहने उहाँको ठम्याइ छ ।

जोशीको चित्रको समालोचना गर्दै आउनुभएका कलाकार रमेश खनाल उहाँको चित्रकलामा कुनै कथा लुकेको बताउनुुहुन्छ । जोशीका प्रायः चित्रकला बौद्ध दर्शनमा आधारित रहेको उहाँले बताउनुभयो । नेपाल कला परिषद्का अध्यक्ष समेत रहनुभएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी चित्रकलामा नयाँ आयाम दिनुपर्ने बताउनुुहुन्छ । नेपाल पर्यटन वर्ष २०२० मा नेपाली चित्रकलालाई पनि जोड्न सके देशले सोचेको लक्ष्य पूरा गर्न सक्ने उहाँको विचार छ ।

ललितकला पत्रकार समाज(सोफाज) र कार्टुनिष्ट क्लबको आयोजनामा कला परिषद्मा जोशीको चित्रकला प्रदर्शनी ‘कलायात्रा’ शीर्षकमा आजदेखि शुरु भएको छ । सोफाजका अध्यक्ष केशवराज खनालले जोशीजस्ता प्रतिभालाई प्रदर्शनीमा उभ्याउन पाउँदा गर्व लागेको बताउनुभयो । यही कात्तिक ३० गतेसम्म हुने प्रदर्शनीका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट उहाँले बनाउनुभएकाचित्र सङ्कलन गरिएको थियो ।

 

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ८ : ४९ बजे

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७