२०८२, २४ कार्तिक आईतबार

बाँकेमा आलु उत्पादन राम्रो

बाँकेमा आलु उत्पादन राम्रो


नेपालगञ्ज २७ कात्तिक बाँके जिल्लामा यो वर्ष आलुको उत्पादन वृद्धि हुने भएको छ ।

गत वर्ष बाँकेमा ३८ हजार ४७५ मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष पनि मौसम अनुकूल भएको समयभित्र आलु रोपिएकाले उत्पादन राम्रो हुने प्राविधिकको भनाइ छ ।

यस जिल्लामा काडनर, लालगुलाब, टिपिएस जातको आलु बढी उत्पादन हुने गरेको छ । यहाँका कृषकले कोहलपुरस्थित शीतभण्डारबाट आलुको बीउ खरीद गर्ने गरेको नेपालगञ्ज उपमहानगरपालिका कृषि शाखा प्रमुख जीवनकुमार केसीको भनाइ छ ।

जिल्लाको हिरमिनिया, सीतापुर कोहलपुर, नौबस्तालगायतको क्षेत्रलाई आलु उत्पादन विशेष क्षेत्रका रुपमा विकास गरिएको छ । बैजनाथको टिटिहिरियामा स्थानीय ‘थारु जात’ को आलुको पनि राम्रो उत्पादन हुँदै आएको छ ।

यो क्षेत्रमा किसानले आलुखेती व्यावसायिक रुपमा गर्दै आएका डुडुवा गाउँपालिका हिरमिनियाका किसान इफरादअलि दर्जीले बताउनुभयो ।

मौसममा उत्पादन भएको आलु प्रयोग बाह्रै महीना गर्ने उद्देश्यले बाँकेको कोहलपुरमा आलुका लागि शीतभण्डारको निर्माण गरिएको । जिल्लाको बैजनाथ गाउँपालिकाको पेडारीमा अर्को शीतभण्डार निर्माण भइरहेको छ ।

बाँकेमा मागभन्दा कम आलु उत्पादन हुने गरेकाले भारतबाट समेत आलु आयात हुने गरेको आलुका थोक व्यापारी जङ्गली कुम्हारले जानकारी दिनुभयो । जिल्लामा दुई हजार ८५० हेक्टरमा आलु खेती हँुदै आएको छ ।

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ४ : २२ बजे

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको