२०८३, ७ बैशाख मंगलबार

केटा ल्याएर आफ्नै साथीलाई बलात्कार गराउन खोज्ने विराटनगरकी युवती पक्राउ

केटा ल्याएर आफ्नै साथीलाई बलात्कार गराउन खोज्ने विराटनगरकी युवती पक्राउ


विराटनगर, कात्तिक २७ :  आफ्नै साथीलाई २ युवकहरूबाट बलात्कार गराउन खोजेको आरोपमा विराटनगरकी एक युवती पक्राउ परेकी छिन् । गत कात्तिक १५ गते परेको जाहेरीअनुसार मोरङ प्रहरीले विराटनगर–५ की स्मृति श्रेष्ठलाई पक्राउ गरेको हो । आफ्नी इटहरीकी साथीको बलात्कार गराउन २ जना केटाहरू ल्याएर जबर्जस्ती यौन सम्पर्क गराउन खोजेको उजुरी आएपछि श्रेष्ठ पक्राउ परेकी हुन् ।

श्रेष्ठसँग आएका भनिएका इनरुवाका युवक सन्तोष श्रेष्ठ भने फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए । कात्तिक १४ गते राती विराटनगरमा श्रेष्ठकै कोठामा सँगै मादक पदार्थ सेवन गरेपछि आफूमाथि बलात्कार गराउन खोजेको युवतीको जाहेरीमा उल्लेख छ । २ अपरिचित केटाहरू ल्याएर आफूलाई जबर्जस्ती यौन सम्पर्क गराउन हातपात गर्नुका साथै नग्न पारेको जाहेरी परेको मोरङ प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ७ : ३० बजे

ट्रेड युनियन खारेज नगर्न बालेनलाई अन्तर्राष्ट्रिय ट्रेड युनियनको आग्रह

काठमाडौं । विश्व ट्रेड युनियन महासंघ (WFTU) अन्तर्गतको सार्वजनिक सेवा

धनुषाका वरिष्ठ सई सागरशम्सेर जबरा निलम्बन

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ नायव निरीक्षक

बढ्यो अमेरिकी डलरको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंक ले मंगलबारका लागि निर्धारण गरेको

टर्कीको अन्टालियामा हुने २२औं विश्व केम्पो च्याम्पियनसिपका लागि नेपाली टोली प्रस्थान

काठमाडौं । टर्कीको अन्टालियामा आयोजना हुने २२औं विश्व केम्पो च्याम्पियनसिपमा

रास्वपाको सचिवालय १६ सदस्यीय, को-को परे?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय १६ सदस्यीय