२०८२, ८ भाद्र सोमबार

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै, राष्ट्रपतिले कमलपोखरीबाट अर्घ दिने

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै, राष्ट्रपतिले कमलपोखरीबाट अर्घ दिने


काठमाडौं, कात्तिक २७ : आज छठ पर्वको मुख्य दिन । सूर्यदेवको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ ।कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व आइतबारदेखि शुरु भएको हो । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अर्घ दिइँदैछ ।

वीरगञ्जको घडिअर्वास्थित छठीघाटमा अाज ठूलाे मेला लाग्दैछ । सोमबार रंगबिरंगी बिजुली बत्तीले उक्त घाट सिंगारिएको छ, जसलाई सजाउनमा नै रु. १४ लाखभन्दा बढी खर्च गरिएको घडिअर्वा पोखरी छठपूजा व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद साह कानुले जानकारी दिए । पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर व्रतसँगै छठ पर्व आरम्भ हुन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सख्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अघ्र्य दिने विधि छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआरधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ ।

छठमा फलफूल, मूला, गाजर ,बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती लगायतका सामानहरु व्रतालुले बजारबाट खरिद गरेर घरमा ल्याउने गरिन्छ । छठ पर्वमा झुप्पा–झुप्पा फलहरू चढाउदा सूर्यदेउता प्रसन्न भई व्रतीका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने जनविश्वास रहिअाएकाे छ । कात्तिक शुक्लपक्षमा विधिपूर्वक सूर्यको पूजाआरधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत वाग्मती, बल्खु, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छठ पूजा गर्दै सूर्यलार्इ अर्घ दिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ७ : ०९ बजे

राष्ट्रियताको मुद्दा उठाएकै कारण चुनावमा पराजित भएँ : पूर्वमन्त्री ठगुन्ना

दार्चुला । नेकपा (एमाले) पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले

तेमाल थामडाँडामा “कोम्हेंदो कृषक महिला समूह”लाई हिउँदे तरकारीको बीउ वितरण

तेमाल। काभ्रेको तेमाल गाउँपालिका-८, थामडाँडामा महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत गठन

‘लिपुलेक–कालापानी हुँदै भएको भारत-चीन व्यापार अस्वीकार्य’: एमाले दार्चुला

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दार्चुला जिल्ला कमिटीले लिपुलेक–कालापानी

हिन्दु नारीहरूको चाड तीज सुरु, आज दर खाइँदै

काठमाडौं । नेपाली हिन्दु नारीहरूले मनाउने एक महत्वपूर्ण धार्मिक पर्व

कलंकी नजिकै कोल्ड ड्रिङ्क्स बोकेको पिकअप भ्यान दुर्घटना

काठमाडौं । काठमाडौंको कलंकी नजिकै सोमबार बिहान एक पिकअप भ्यान