२०८३, ७ बैशाख मंगलबार

काभ्रेमा नेविसंघको धम्कीले ७ सय विद्यालय बन्द, प्रहरी प्रशासन मुकदर्शक

काभ्रेमा नेविसंघको धम्कीले ७ सय विद्यालय बन्द, प्रहरी प्रशासन मुकदर्शक


काभ्रे, कात्तिक २७ :  प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर कुकुरसँग जोडेर कुकुर तिहारको दिन बधाई दिने नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउको विरोधमा दुई दिन देखी जिल्लाका ६ सय ९० वटा विद्यालय बन्द भएका छन ।

‘धम्कीपूर्ण भाषामा एसएमएस पठाउँदै फोन समेत गरेपछि सुरक्षाका लागि विद्यालय बन्द गरेका हौं’–प्याब्सन काभ्रेका अध्यक्ष सत्यनारायण श्रेष्ठले भने– ‘विद्यालय बन्द गर्नु हाम्रो रहर नभई बाध्यता हो ।’ जिल्लामा सामुदायिक र संस्थागत गरी ६ सय ९० विद्यालय छन् भने केहि धार्मिक विद्यालय समेत गरी ७ सय विद्यालय सञ्चालनमा छन् ।

कक्षा प्ले ग्रुप देखि १० सम्म झण्डै ७० हजार विद्यार्थीहरु अलपत्र भएका छन् । विद्यालय तथा सार्वजनिक महत्वका क्षेत्रहरुमा बन्द गर्न नपाईने संहिता कानुनमा उल्लेख गरिएको छ ।

जिल्लाको प्रशासनले अत्यावश्यक क्षेत्र विद्यालय बन्द गराउँदा समेत खुलाउन कुनै पहल गरेन । नेविसंघले विद्यार्थी कृष्ण ढकाल गिरफ्तारीको विरुद्धमा कार्तिक २५ र २६ गते दुई दिन विद्यालय बन्द गर्न र बन्द नगरेमा त्यसबाट उत्पन्न हुने परिस्थतीको जिम्मेवारी विद्यालय प्रशासन आफै हुने चेतावनी सहितको एसएमएस र टेलिफोन विद्यालयका प्रधानाध्यापकहरुलाई गरेको थियो ।

नेविसंघको डरले जिल्लाका कुनै पनि विद्यालय संचालनमा आउन सकेनन । “विधुतिय कारोवार ऐन २०६३ ले त्यस्तो अपराधमा संलग्न ब्यक्तिलाई कारवाहीको ब्यवस्था गरेको छ ।

सफ्टवेरको अनाधिकृत रुपबाट प्रतिलिपी बनाउनु, अरुको ट्रेडमार्क चोरी गर्नु, इन्टरनेटमा अर्को व्यक्तिको गतिविधिलाई निगरानी गरेर धम्कीपूर्ण सुचना पठाउनु वा अनाधिकृत तवरबाट अर्काको च्याट बक्समा गएर गएर हैरान गर्नु, व्यक्तिको चरित्र हत्या गर्ने उद्श्यले वेभसाईट, सामाजिक संजाल तथा इमेलको माध्यम द्वारा दुस्प्रचार गर्नु, अर्काको कम्प्युटरलाई लक्ष्य बनाई गरिने साईबर अपराधहरु अरुको इमेल ठेगानामा ठुलो संख्यामा इमेलहरु पठाएर पीडितको इमेल खाता वा मेल सर्भरमा नै अवरोध खडा गर्नेे गतिविधिमा संलग्नलाई कारवाही हुनेछ । नेविसंघले अश्लील काम गर्ने कार्यकर्ता पक्राउको विरोधमा यस्ता हर्कतहरु जारी राखेका छ ।

प्रधानमन्त्री विरुद्धका गतिविधिहरु घोषणा गर्दै नेविसंघले सबै ब्यक्तिहरुले कानुन विपपरित कार्य गर्न पाउनु पर्ने माग राखेको छ । पक्राउ परेका ढकाललाई अपराध अनुसन्धान महाशाखा टेकुमा राखिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ६ : ५६ बजे

ट्रेड युनियन खारेज नगर्न बालेनलाई अन्तर्राष्ट्रिय ट्रेड युनियनको आग्रह

काठमाडौं । विश्व ट्रेड युनियन महासंघ (WFTU) अन्तर्गतको सार्वजनिक सेवा

धनुषाका वरिष्ठ सई सागरशम्सेर जबरा निलम्बन

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ नायव निरीक्षक

बढ्यो अमेरिकी डलरको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंक ले मंगलबारका लागि निर्धारण गरेको

टर्कीको अन्टालियामा हुने २२औं विश्व केम्पो च्याम्पियनसिपका लागि नेपाली टोली प्रस्थान

काठमाडौं । टर्कीको अन्टालियामा आयोजना हुने २२औं विश्व केम्पो च्याम्पियनसिपमा

रास्वपाको सचिवालय १६ सदस्यीय, को-को परे?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय १६ सदस्यीय