२०८२, १ माघ बिहीबार

सप्तरीमा पहिलो ‘अनलाइन सपिङ बजार’ शुरु

सप्तरीमा पहिलो ‘अनलाइन सपिङ बजार’ शुरु


सप्तरी, २६ कात्तिक: राजविराजमा अनलाइनमार्फत एउटै छानामुनि सबै सामान किनमेल र बिक्री गर्न सकिने ‘अनलाइन सपिङ बजार’ शुरु भएको छ । राजविराज नगरपालिका–११ स्थित हनुमाननगर सडकखण्डमा आज तीन वर्षीया अदिती कर्णले रिबन काटेर उद्घाटन गर्नुभएको गोकर्ट मेघा स्टोरले एउटै छानामुनि सबै सामान किनमेल र बिक्री गर्न सकिनेछ ।

संस्थाले तयार गरेको एप्स र वेबसाइटमार्फत राजविराज नगरका ग्राहकले अबदेखि आफूलाई आवश्यक पर्ने सामान किनमेल र बिक्री गर्न सक्नेछन् । सञ्चालक केशव कर्णले कुनै पनि सामान घर वा कार्यालयसम्म डेलिभरी गर्ने सुविधा दिने बताउनुभयो । राजविराजमा आधुनिक सुपरमार्केट र मिनीमार्ट नखुलेको अवस्थामा एप्स वा वेबसाइटमार्फत ग्राहकलाई चाहिएको सामान प्रत्येक वडाका स्थानीय प्रतिनिधिमार्फत डेढ घण्टाभित्र घरमै पु¥याइदिने अर्का सञ्चालक ललित रजकले बताउनुभयो ।

ग्राहकले भुक्तानी नगरी रु पाँच सयदेखि दुई हजारसम्मका सामान घरमा मगाउन सक्ने र त्योभन्दा बढीको समान भने बैंकको खातामा ४० प्रतिशत जम्मा गरेर मगाउन सकिने रजकले जानकारी दिनुभयो । मोबाइल तथा इन्टरनेटबाट घरमै बसेर विभिन्न किसिमका सामान किनमेल गर्न सहज भएको राजविराज–१४ का रामअवतार यादवले बताउनुभयो ।

नगरभित्र सुलभ तथा सहज इन्टरनेट सेवाको योजना लागू गर्ने बताएका सञ्चालक कर्णले अत्याधुनिक स्मार्ट फोन बोक्ने वर्तमान पुस्ताको वृद्धिसँगै अनलाइन सपिङले राम्रो बजार लिने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०७५, २६ कार्तिक सोमबार  ९ : ०७ बजे

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७