२०८३, १७ आश्विन आईतबार

सप्तरीमा पहिलो ‘अनलाइन सपिङ बजार’ शुरु

सप्तरीमा पहिलो ‘अनलाइन सपिङ बजार’ शुरु


सप्तरी, २६ कात्तिक: राजविराजमा अनलाइनमार्फत एउटै छानामुनि सबै सामान किनमेल र बिक्री गर्न सकिने ‘अनलाइन सपिङ बजार’ शुरु भएको छ । राजविराज नगरपालिका–११ स्थित हनुमाननगर सडकखण्डमा आज तीन वर्षीया अदिती कर्णले रिबन काटेर उद्घाटन गर्नुभएको गोकर्ट मेघा स्टोरले एउटै छानामुनि सबै सामान किनमेल र बिक्री गर्न सकिनेछ ।

संस्थाले तयार गरेको एप्स र वेबसाइटमार्फत राजविराज नगरका ग्राहकले अबदेखि आफूलाई आवश्यक पर्ने सामान किनमेल र बिक्री गर्न सक्नेछन् । सञ्चालक केशव कर्णले कुनै पनि सामान घर वा कार्यालयसम्म डेलिभरी गर्ने सुविधा दिने बताउनुभयो । राजविराजमा आधुनिक सुपरमार्केट र मिनीमार्ट नखुलेको अवस्थामा एप्स वा वेबसाइटमार्फत ग्राहकलाई चाहिएको सामान प्रत्येक वडाका स्थानीय प्रतिनिधिमार्फत डेढ घण्टाभित्र घरमै पु¥याइदिने अर्का सञ्चालक ललित रजकले बताउनुभयो ।

ग्राहकले भुक्तानी नगरी रु पाँच सयदेखि दुई हजारसम्मका सामान घरमा मगाउन सक्ने र त्योभन्दा बढीको समान भने बैंकको खातामा ४० प्रतिशत जम्मा गरेर मगाउन सकिने रजकले जानकारी दिनुभयो । मोबाइल तथा इन्टरनेटबाट घरमै बसेर विभिन्न किसिमका सामान किनमेल गर्न सहज भएको राजविराज–१४ का रामअवतार यादवले बताउनुभयो ।

नगरभित्र सुलभ तथा सहज इन्टरनेट सेवाको योजना लागू गर्ने बताएका सञ्चालक कर्णले अत्याधुनिक स्मार्ट फोन बोक्ने वर्तमान पुस्ताको वृद्धिसँगै अनलाइन सपिङले राम्रो बजार लिने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०७५, २६ कार्तिक सोमबार  ९ : ०७ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार