२०८२, १४ माघ बुधबार

महाधिवेशनको वातावरण बनाउन आग्रह

महाधिवेशनको वातावरण बनाउन आग्रह


काठमाडौँ, २६ कात्तिक : नेपाल विद्यार्थी सङ्घले विधानसम्मत १२औँ महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न पार्टी नेतृत्वसँग आग्रह गरेको छ । नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आज पत्रकार सम्मेलन गरी नेविसङ्घको १२औँ महाधिवेशनको वातावरण बनाउन पार्टीसमक्ष आग्रह गर्नुभएको हो ।

उहाँले आफ्नो सीमित स्वार्थ पूरा गर्न नेताहरुले टिके प्रथा जन्माउने कुचेष्टा नगर्न पार्टी नेतृत्वलाई आग्रहसमेत गर्नुभयो । “टिके प्रथाले आम विद्यार्थी र सङ्गठनको भलो हुँदैन, टीका लगाए हामी आन्दोलनमा जान्छौँ,” उहाँले भन्नुभयो ।

महामन्त्री काफ्लेले नेविसङ्घको केन्द्रीय समितिको बैठकले उमेर हद र विधान संशोधन पार्टी नेतृत्वलाई बुझाए पनि पार्टीको केन्द्रीय समितिले एकलौटी तरिकाले मनपरी निर्णय गरेको आरोप लगाउनुभयो । पार्टीले नेविसङ्घको विधानलाई बन्धक बनाउन खोजेको उहाँको भनाइ थियो । नेविसङ्घका केन्द्रीय सदस्य सुशील भट्टले पार्टी नेतृत्व नेविसङ्घको महाधिवेशन गर्न नचाएको बताउनुभयो ।

विसं २०७३ साउनमा दुई वर्ष कार्यकाल रहनेगरी ११औँ महाधिवेशन सम्पन्न भएको थियो । नेविसङ्घको कार्यकाल २०७५ भदौ २ गते सकिएको भए पनि निर्वाचन नभएपछि पार्टीको नेविसङ्घ हेर्ने समितिले मङ्सिर २ गतेसम्मका लागि म्याद थप गरेको थियो ।

प्रकाशित मिति : २०७५, २६ कार्तिक सोमबार  ८ : ५३ बजे

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,