२०८२, २५ माघ आईतबार

लमजुङका युवाहरुको राम्रो कदम,देउसी भैलोको रकम रक्तअर्बुद पीडितलाई

लमजुङका युवाहरुको राम्रो कदम,देउसी भैलोको रकम रक्तअर्बुद पीडितलाई


लमजुङ, २६ कात्तिक : रक्त क्यान्सरको बिरामी भई उपचाररत यहाँका एक बालकको उपचारका लागि युवाले सहयोग गरेका छन् । बेंसीशहर नगरपालिका–३ गाउँशहर थुम्काडाँडाका पाँच वर्षीय प्रशान्त मजाकोटीको उपचारका लागि जनज्योति युवा क्लबमा आबद्ध गाउँका युवाले देउसीभैलो र सांस्कृतिक कार्यक्रममार्फत रु दुई लाख ८५ हजार जुटाएका हुन् ।

क्लबका अध्यक्ष सञ्जय मजाकोटीका अनुसार सदरमुकाम बेंसीशहरमा गरिएको घरदैलो कार्यक्रममा ६१ हजार ९६०, छिमेकी गाउँमा खेलिएको देउसी भैलोबाट ४३ हजार ४५० र गाउँमा आयोजित सांस्कृतिक कार्यक्रमबाट रु एक लाख ८० हजार गरी कूल रु दुई लाख ८५ हजार ४१० सङ्कलन गरिएको हो ।

काठमाडौँमा कोठा भाडामा लिएर बिरामी छोराको उपचार गर्दै आएको आमा प्रमिला मजाकोटीले बताउनुभयो । श्रीमान् कतारमा काम गर्नुहुन्छ जेनतेन अहिलेसम्म उपचार खर्च धान्दै आएको उहाँले बताउनुभयोे । हिमालयन बैंक लिमिटेडमा रहेको प्रमिला मजाकोटी नामक ००२०७५८५७८००१८ नंको खातामा सहयोग रकम जम्मा गराइदिन उहाँले सहयोगी मनहरुमा आग्रहसमेत गर्नुभएको छ । बालकको उपचारका लागि देश–विदेशबाट गरी हालसम्म रु दुई लाख ४१ हजार सहयोग जुटेको जनज्योति क्लबले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २६ कार्तिक सोमबार  ८ : ३२ बजे

निर्वाचन आयोगको दाबी: अब ढुक्कसँग निर्वाचन हुन्छ, बिथोल्न कसैले सक्दैन

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन

सिन्धुलीका बुद्धिजिविहरू उभिए, एमाले उमेदवार मनोज जंग थापाको पक्षमा

सिन्धुली: निर्वाचन नजिकिंदै जाँदा एमाले उमेदवार मनोज जंग थापाले सिन्धुलीका

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय