२०८२, २५ माघ आईतबार

छठ पूजाको समय भुलेर पनि नगर्नुहोस यी गल्ती !

छठ पूजाको समय भुलेर पनि नगर्नुहोस यी गल्ती !


छठको महापर्व नहाय-खायको साथमा शुरु भैसकेको छ। छठ पुजा सुर्य देबको उपासना गरि उनको कृपा प्राप्तिको लागि गरिन्छ। सूर्य देवको कृपाबाट घरमा धन-धान्यको भण्डार भरिरहने विश्वास छ।

छठ माताले सन्तान प्रदान गर्ने गर्छिन। सूर्यजस्तो श्रेष्ठ सन्तान प्राप्तिको लागि यस उपवास राख्ने गरिन्छ। आफ्नो मनोकामना पुरा गर्ने पनि कयौ मानिस यस व्रत राख्ने गर्दछन। हरेक पुजाको कुनै न कुनै नियम हुने गर्छ। छठ पूजाबाट फल प्राप्त गर्न चाहानुहुन्छ यी कुराको ख्याल गर्नुहोस। आउनुहोस जानौ छठ पूजामा कुन कुन कुरालाई ध्यान राख्नुपर्दछ।

छठ माताको लागि बनाउने प्रसादलाई पुरा सफासुघर र पवित्र पारेर बनाउनुहोस्। प्रसादलाई फोहोर हातबाट बनाउन मात्र हैन छुन पनि हुदैन।
सूर्य भगवानलाई जुन भाडोबाट अर्घ्य दिने गरिन्छ त्यस भाडोको विशेष ध्यान राख्नुपर्छ। उक्त भाडो चाँदी, स्टेनलेस स्टील, ग्लास वा प्लास्टिकको हुनु हुदैन।
छठ पूजाको समय मांसाहारको अलावा मध्यपान गर्नुहुदैन।
छठको प्रसाद सफा र चोखो ठाउँमा बनाउनु पर्दछ। जहाँ प्रसाद पकाइन्छ त्यहाँ खानु हुदैन।
छठको व्रतमा ओछ्यानमा सुत्नु हुदैन।
प्रसाद बनाउने समयमा नुनु छुनु हुदैन साथै खाना खानु हुदैन। पूजाको समय सबैले चोखो र सफा लुगा लगाउनुपर्दछ।
भोजन ग्रहण गर्नु अघि सुर्य देवतालाई अर्घ्य दिनु पर्दछ।
विना हात धोई पूजाको कुनै पनि सामान छुनु हुदैन। बालबच्चाले पनि छठ सम्पन्न नहुने बेलासम्म छठको प्रसाद झुठो गर्न दिनु हुदैन।
छठ पूजाको समय सात्विक भोजन गर्नुपर्दछ। लहसुन-प्याजको सेवन गर्नु हुदैन र घरबाट टाढा नै राख्नु पर्दछ।
छठ पूजाको व्रत राख्ने व्यक्तिले अभद्र व्यवाहार र अपशब्द भाषालाई प्रयोग गर्नु हुदैन।
छठ व्रतको समय माछा-मासु खानबाट वर्जित गरिन्छ। त्यससमय धुम्रपान र मद्यपान पनि गर्नु हुदैन्।

प्रकाशित मिति : २०७५, २६ कार्तिक सोमबार  ७ : ४५ बजे

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय

बिरामीलाई औषधि अभाव, अस्पतालमै म्याद सकियो

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा रहेको प्रादेशिक अस्पतालको गोदाममा ठूलो

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बौराहाको विकास जनताको आवाजबाटै अघि बढाइने : उम्मेदवार ढकाल

विराटनगर । मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचन आयोगको दाबी: अब ढुक्कसँग निर्वाचन हुन्छ, बिथोल्न कसैले सक्दैन

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन