२०८२, २३ कार्तिक शनिबार

छठ पूजाको समय भुलेर पनि नगर्नुहोस यी गल्ती !

छठ पूजाको समय भुलेर पनि नगर्नुहोस यी गल्ती !


छठको महापर्व नहाय-खायको साथमा शुरु भैसकेको छ। छठ पुजा सुर्य देबको उपासना गरि उनको कृपा प्राप्तिको लागि गरिन्छ। सूर्य देवको कृपाबाट घरमा धन-धान्यको भण्डार भरिरहने विश्वास छ।

छठ माताले सन्तान प्रदान गर्ने गर्छिन। सूर्यजस्तो श्रेष्ठ सन्तान प्राप्तिको लागि यस उपवास राख्ने गरिन्छ। आफ्नो मनोकामना पुरा गर्ने पनि कयौ मानिस यस व्रत राख्ने गर्दछन। हरेक पुजाको कुनै न कुनै नियम हुने गर्छ। छठ पूजाबाट फल प्राप्त गर्न चाहानुहुन्छ यी कुराको ख्याल गर्नुहोस। आउनुहोस जानौ छठ पूजामा कुन कुन कुरालाई ध्यान राख्नुपर्दछ।

छठ माताको लागि बनाउने प्रसादलाई पुरा सफासुघर र पवित्र पारेर बनाउनुहोस्। प्रसादलाई फोहोर हातबाट बनाउन मात्र हैन छुन पनि हुदैन।
सूर्य भगवानलाई जुन भाडोबाट अर्घ्य दिने गरिन्छ त्यस भाडोको विशेष ध्यान राख्नुपर्छ। उक्त भाडो चाँदी, स्टेनलेस स्टील, ग्लास वा प्लास्टिकको हुनु हुदैन।
छठ पूजाको समय मांसाहारको अलावा मध्यपान गर्नुहुदैन।
छठको प्रसाद सफा र चोखो ठाउँमा बनाउनु पर्दछ। जहाँ प्रसाद पकाइन्छ त्यहाँ खानु हुदैन।
छठको व्रतमा ओछ्यानमा सुत्नु हुदैन।
प्रसाद बनाउने समयमा नुनु छुनु हुदैन साथै खाना खानु हुदैन। पूजाको समय सबैले चोखो र सफा लुगा लगाउनुपर्दछ।
भोजन ग्रहण गर्नु अघि सुर्य देवतालाई अर्घ्य दिनु पर्दछ।
विना हात धोई पूजाको कुनै पनि सामान छुनु हुदैन। बालबच्चाले पनि छठ सम्पन्न नहुने बेलासम्म छठको प्रसाद झुठो गर्न दिनु हुदैन।
छठ पूजाको समय सात्विक भोजन गर्नुपर्दछ। लहसुन-प्याजको सेवन गर्नु हुदैन र घरबाट टाढा नै राख्नु पर्दछ।
छठ पूजाको व्रत राख्ने व्यक्तिले अभद्र व्यवाहार र अपशब्द भाषालाई प्रयोग गर्नु हुदैन।
छठ व्रतको समय माछा-मासु खानबाट वर्जित गरिन्छ। त्यससमय धुम्रपान र मद्यपान पनि गर्नु हुदैन्।

प्रकाशित मिति : २०७५, २६ कार्तिक सोमबार  ७ : ४५ बजे

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा