२०८३, ७ बैशाख मंगलबार

जङ्गलमा बालिकाको शव फेला, परिवार भन्छ ‘बलत्कार गरी फालिएको होला’

जङ्गलमा बालिकाको शव फेला, परिवार भन्छ ‘बलत्कार गरी फालिएको होला’


उदयपुर, २६ कात्तिक उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा दुई दिनदेखि हराएकी एक १३ वर्षीया बालिका आइतबार शव फेला परेकी छिन् ।

मृतक ती बालिका स्थानीय दुर्गाबहादुर खड्काको १३ वर्षीया छोरी एल्जीना भएको उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार बाख्रा चराउन गएकी उनी आइतबार स्थानीय पाखाको खरबारी जङ्गलमा कपडा च्यातिएको र शरीरभरि निलडाम भएको अवस्थामा फेला परेकी थिइन् ।

उक्त घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी बरिष्ठ उपरीक्षक चन्द्रदेव राईले बताउनुभयो । मृतकका बुबा खड्काका अनुसार केही व्यक्तिले बलात्कार पछि छोरीको हत्या गरेको जिकिर गर्नुभयो । गोठालो गएकी एल्जीना राति अबेरसम्म घर नआएपछि राति र दिनभरि गाउँले मिलेर खोजी गर्दा दिउँसो २ बजे स्थानीय खरबारी डाँडाको रुखको फेदमा शव भेटिएपछि प्रहरीमा खबर गरिएको उहाँले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २०७५, २६ कार्तिक सोमबार  ७ : ३० बजे

ट्रेड युनियन खारेज नगर्न बालेनलाई अन्तर्राष्ट्रिय ट्रेड युनियनको आग्रह

काठमाडौं । विश्व ट्रेड युनियन महासंघ (WFTU) अन्तर्गतको सार्वजनिक सेवा

धनुषाका वरिष्ठ सई सागरशम्सेर जबरा निलम्बन

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ नायव निरीक्षक

बढ्यो अमेरिकी डलरको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंक ले मंगलबारका लागि निर्धारण गरेको

टर्कीको अन्टालियामा हुने २२औं विश्व केम्पो च्याम्पियनसिपका लागि नेपाली टोली प्रस्थान

काठमाडौं । टर्कीको अन्टालियामा आयोजना हुने २२औं विश्व केम्पो च्याम्पियनसिपमा

रास्वपाको सचिवालय १६ सदस्यीय, को-को परे?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय १६ सदस्यीय