धादिङ, कात्तिक २६ : एचआइभी संक्रमितको महिलाले विष खाएर आत्महत्या गरेपछि पोस्टमार्टमका लागि उनको शव धादिङ जिल्ला अस्पताल ल्याइयो ।तर डाक्टरले पोस्टमार्टम गर्न नमान्दा शव दुई दिनसम्म अस्पतालको मुर्दाघरमै थन्कियो ।
मृतक एचआइभी संक्रमित भएको भन्दै डाक्टरले पोस्टमार्टम गर्न नमानेको समाचार आजको नागरिक दैनिकमा छ ।धादिङ नीलकण्ठ नगरपालिका–५, खाल्टेकी ३७ वर्षीया शर्मिला श्रेष्ठ (नाम परिवर्तन) ले गत शुक्रबार बिहान विष खाएकी थिइन् । उनी शौचालय आउने–जाने र उल्टी गर्न थालेपछि छोरीले आफूलाई खबर गरेको मृतकका श्रीमान्ले बताए ।
प्रतिक्रिया