२०८३, ९ श्रावण आईतबार

बोक्सीको आरोपमा कुटपिट गर्ने एकै परिवारका तीन जना पक्राउ

बोक्सीको आरोपमा कुटपिट गर्ने एकै परिवारका तीन जना पक्राउ


बुटवल, २५ कात्तिक : तिलोत्तमा नगरपालिका–४ मा स्थानीय महिलालाई बोक्सीको आरोपमा कुटपिट तथा दुव्र्यवहार गर्ने एकै परिवारका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरेकालाई प्रहरीले जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जीको समर्थन प्राप्त गरी आज पुनः म्याद थपका लागि जिल्ला अदालत भैरहवामा पेश गरेको छ । बोक्सीको आरोपमा तिलोत्तमा नगरपालिका–४ नयाँमिलका टीकाराम आचार्य, उहाँकी पत्नी कमला आचार्य र छोरी प्रमिला आचार्य खनाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दिलबहादुर मल्लले जानकारी दिनुभयो ।

पक्राउ परेकामध्ये टीकाराम तिलोत्तमा नगरपालिका–५ का वडा सचिव रहेको बताइएको छ । बोक्सी भन्दै कुटपिट र दुव्र्यवहार गरेको उजुरी परेपछि पक्राउ परेका तिनै जनालाई म्याद थपका लागि जिल्ला अदालत भैरहवामा पठाइएको छ । आचार्य परिवारले छिमेकी डम्मरकुमारी न्यौपाने र ललिता केसीलाइ कात्तिक २१ गते दिउँसो साढे ३ बजे घरमा बोलाई बोक्सीको आरोप लगाई कुटपिट र दुव्र्यवहार गरेको भन्दै डम्बरकुमारी न्यौपानेले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएपछि प्रहरीले स्थानीय तीन जनालाई पक्राउ गरेको हो ।

तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले निज टीकाराम नगरपालिकाको वडा सचिव जस्तो जिम्मेवारी सम्हालेको व्यक्तिको परिवारमा यस किसिमको कार्य हुनु गलत भएको भन्दै यस कार्यमा संलग्नलाई कानूनबमोजिम कारवाही हुने विश्वास दिलाउनुभयोे ।

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ८ : ५२ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक