२०८२, १९ चैत्र शुक्रबार

पशुपति र लुम्बिनी ‘वल्ड बुक्स रेकर्ड’ मा सूचीकृत

पशुपति र लुम्बिनी ‘वल्ड बुक्स रेकर्ड’ मा सूचीकृत


काठमाडौँ, २५ कात्तिक: विश्व सम्पदामा सूचीकृत नेपालको पशुपतिनाथ र लुम्बिनी ‘वल्ड बुक्स रेकर्ड, लण्डन’मा सूचीकृत भएका छन् । बेलायतका विद्धत समूहले स्थापना गरेको वल्ड बुकले हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर पुरातात्विक महत्वको पशुपतिनाथ र भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई सूचीकृत गरेको हो ।

पशुपतिनाथलाई ऐतिहासिक पुरातात्विक महत्वको पुरानो मन्दिर र लुम्बिनीलाई विश्वभरका बौद्धमार्गीको धरोहर शीर्षकअन्तर्गत प्रमाणपत्र दिइएको संस्थाले जनाएको छ । उक्त प्रमाणपत्र काठमाडौँमा आज आयोजित एक कार्यक्रमकाबीच भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता एवं भारतको लोकसभा अन्तर्गतको रक्षासम्बन्धी समितिका अध्यक्ष कलराज मिश्रले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

संस्थाले परम्परागत कला र शिल्पीको द्वारिका होटललाई आतिथ्यका क्षेत्रमा गुणस्तरीय सेवा पु¥याएबापत ‘वल्ड स्ट्याण्र्डाइजेसन’ प्रमाणपत्र प्रदान गरेको छ भने बैंकिङ क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत हिमालयन बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठलाई ‘नेशनल एक्सिलेन्सी अवार्ड’ ले सम्मान गरेको छ । सो अवसरमा पर्यटनमन्त्री अधिकारीले यस्ता कार्यक्रमले नेपालको पहिचानलाई विश्वमा थप प्रवद्र्धन गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले पशुपतिनाथ, लुम्बिनीलगायत अन्य धेरै पुरातात्विक सम्पदा, धार्मिक एवं पर्यटकीय स्थल क्रमशः सूचीकृत हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

भाजपाका नेता मिश्रले पुरातात्विक सम्पदा, धार्मिक सांस्कृतिक मठमन्दिरले भरिपूर्ण नेपाल अध्यात्म ज्ञानको पवित्र भूमि भएको उल्लेख गर्नुभयो । भारत र नेपालबीच भौगोलिक, सांस्कृतिक, आर्थिकलगायत हिसाबले सदिऔँदेखि गहिरो सम्बन्ध रहिआएको उल्लेख गर्दै उहाँले आपसी सहयोग र सम्बन्धलाई थप प्रभावकारी बनाएर लैजाने विश्वाससमेत व्यक्त गर्नुभयो ।

वल्ड बुक्सका अध्यक्ष सन्तोष शुक्लले पुरातात्विक महत्वको पशुपतिनाथ, बौद्धधर्मावम्बीको केन्द्र लुम्बिनी र नेपालको धरोहरका रुपमा रहेको द्वारिका होटललाई सूचीकृत गर्न पाउँदा गर्भको महसुस भएको उल्लेख गर्नुभयो । सोही अवसरमा युवा समाजसेवी सागर कटुवाल अध्यक्ष रहने गरी वल्ड बुक्स अफ रेकर्ड नेपाल च्याप्टर स्थापना भएको जानकारी गरियो । संस्थाले अन्य क्षेत्रमा पनि रेकर्डमा सहजीकरण गर्ने कटुवालले बताउनुभयो । भारत, बेलायत, अमेरिकालगायत १२ भन्दा बढी मुलुकमा यो संस्थाले काम गर्दै आएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ८ : ४२ बजे

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले