२०८२, १९ चैत्र शुक्रबार

छालामा रातो देखिने (दाज) ले महामारी रुप लिँदै

छालामा रातो देखिने (दाज) ले महामारी रुप लिँदै


बुटवल, २५ कात्तिक : छालासम्बन्धी रोग दाज (छालामा रातो देखिने) ले महामारीको रुप लिन थालेको छ । रुपन्देहीको विभिन्न गाउँपालिका तथा नगरपालिकामा अधिकांशलाई छालामा कनाउने र कनाएपछि आनन्द मिल्ने विशेषता रहेको दाज महामारीको रुपमा फैलिएको हो । छाला, यौन तथा कुष्ट रोग विशेषज्ञ डा योगेश पौड्यालले दाजको ‘स्टेर वाइड’ औषधिका कारण यसले महामारीको रुप लिन थालेको जानकारी दिनुभयो । उहाँले रोगबाट पीडितलाई यस्तो प्रकारको औषधि प्रयोग नगर्न सुझाव दिनुभयो । “मैले जाँच गरेका छालाका बिरामीमध्ये ७० प्रतिशतमा दाजको समस्या देखिएको छ”, डा पौड्यालले भन्नुभयो ।

उहाँले यस्ता सस्तो प्रकारको मल्हमले दाजको दाग हटाए पनि पूर्णरुपमा निको नहुने जानकारी दिँदै नङमा हुने सङ्क्रमणले पनि दाज फैलाउनमा सहयोग गरेको बताउनुभयो । दाज, काछ, स्तनमुनि, काखी, नङलगायतका शरीरका विभिन्न स्थानमा आउने सरुवा रोग हो । डा पौड्यालले सो रोग लाग्न नदिन विशेष गरेर सरसफाइमा ध्यान दिन आग्रह गर्दै यो रोग छालामा लाग्ने ढुसीका कारण हुन्छ भन्नुभयो । उहाँले सोनाडर्म, क्वाडीडर्म, रिङगार्डलगायतका औषधिले दाजको रातोपना घटाउने काम मात्रै गरेको जानकारी दिँदै यस्तो खालको औषधिले शरीरको ढुसीसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर बनाउने तर्क गर्नुभयो ।

डा पौड्याल भन्नुहुन्छ, “यसले बिरामीलाई निको भयो भन्ने भान हुन्छ र पूर्णरुपमा निको नभएकाले पुनःछाला चिलाउन शुरु हुन्छ तर पुनःराम्रो औषधिले पनि काम नगर्न सक्छ ।” ‘स्टेर वाइड’ औषधि प्रयोगमा नल्याउन दाजका बिरामीलाई आग्रह गर्दै उहाँले यसको उपचार महङ्गो भएकालेसमेत महामारीको रुप लिएको बताउनुभयो । दाज छालाको माथिल्लो तहमा च्याउ जस्तै भएर बसेको एक प्रकारको जीवाणु हो । यो तलसम्म जाँदैन माथिमाथि बसेको हुन्छ । छालामा एक प्रकारको प्रोटिन हुन्छ त्यो खाएर बसेको हुन्छ ।

छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डा पौड्यालले सरसफाइको चेतना र ‘स्टेर वाइड’ औषधिको प्रयोग नगरेर दाज पूर्णरुपमा निको हुने उल्लेख गर्दै ‘स्टेर वाइड’ औषधि नभएको भए महामारीको रुप आउँदैनथ्यो भन्नुहुन्छ । तापक्रम बढी भएको ठाउँमा ढुसी लाग्ने र त्यसबाट दाजले आफ्नो आकार लिने र गर्मी महीनामा पसिना आउने कारणले पनि फोहर भएर दाज आएको बताइएको छ । दाजका लागि माछा वा मासु खान कुनै समस्या रहने छैन । डा पौड्यालले दाजको विरामीलाई ‘एन्टिफङ्गल’ औषधि कम्तीमा १५ दिनदेखि तीन महीनासम्म खान वा लगाउन आवश्यक हुने बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ७ : १५ बजे

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले