२०८२, ८ भाद्र सोमबार

जुम्लामा एकैदिन तीन महिलामाथि जबर्जस्ती करणी

जुम्लामा एकैदिन तीन महिलामाथि जबर्जस्ती करणी


सुर्खेत, २५ कात्तिक : यो सातामा मात्र जुम्लामा तीन महिला एकैदिन जबर्जस्ती करणीको शिकार भएको उजुरी प्रहरीमा परेको छ । यही कात्तिक १८ गतेका दिन पातारासी गाउँपालिका–२ का एक र तिला गाउँपालिका–४ जुम्लाका दुई महिलाले आफू जबर्जस्ती करणीमा परेको उजुरी प्रहरीमा हालेका हुन् । पातारासीका पीडित महिलाको बयानका आधारमा जबर्जस्ती करणी गरेको आरोपमा सोही वडाका ४५ वर्षीय भैरे सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

तिला गाउँपालिकाका–४ जुम्लाका एकै घरका दुई महिला जबर्जस्ती करणीका चार आरोपित भने फरार रहेको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो । कात्तिक १८ गते घरभन्दा करीब छ किलोमिटर टाढा घाँस काटेर बेलुका ७ः३० बजे फर्कदै गर्दा दुई मोटरसाइकलमा आएका चार जनाको समूहले आफूलाई जबर्जस्ती करणी गरेको किटानी जाहेरीसहितको उजुरी परिसकेको र फरार आरोपितको खोजी कार्यलाई तीव्रता दिइएको उहाँले जनाउनुभयो ।

उहाँका अनुसार फरार अभियुक्त पक्राउ नपरेकाले नै नाम सार्वजनिक गरिएको छैन । यही कात्तिक १ गते तातोपानी गाउँपालिका–२ जुम्लाका एक महिलालाई बलात्कार गरेको आरोपमा सोही गाउँपालिका–३ का २६ वर्षीय भक्त सार्कीलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो एक महीनामा चार जना महिला जबर्जस्ती करणीको शिकार भएका छन् ।

स्वास्थ्य परीक्षणमा कठिनाइ
पीडित र पीडक दुुवैको जुम्लामा स्वास्थ्य परीक्षण हुन नसकेका कारण अनुसन्धानमा प्रभाव परेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विशेषज्ञ र तालीम प्राप्त चिकित्सक नभएको प्रतिक्रिया दिएपछि प्रहरीको अनुसन्धानका साथै पीडित महिला समस्यामा परेका हुन् ।

प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा पुजन रोकायाले आफूहरुले असहयोग गर्न नचाहेको तर गत भदौ ४ गते आएको राजपत्रले विशेषज्ञ तथा तालीम प्राप्त चिकित्सक तोकेकाले उक्त जनशक्ति नभएको स्वास्थ्य परीक्षण गर्न नसकिएको जनाउनुभयो । पीडितमहिलालाई कालिकोट जिल्ला स्वास्थ्य कार्यालयमा स्वास्थ्य परीक्षण गर्न पठाएको बताउँदै परीक्षण कार्य ढिलाइले प्रमाण नष्ट हुने डर भएको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो ।

विशेषज्ञ चिकित्सकका लागि गुहार
जिल्ला प्रहरी कार्यालय जुम्लाले विशेषज्ञ चिकित्सक उपलब्धार्थ सङ्घीय एकाइ सुर्खेत–हाल नेपालगञ्जमा पत्राचार गरेको छ । यसको बोधार्थ प्रहरी प्रधानकार्यालय काठमाडौँ र जिल्ला प्रशासन कार्यालय जुम्लासमेतलाई दिइएको जिप्रका जुम्लाले जनाएको छ ।

प्रतिष्ठान जुम्लाले तालीम प्राप्त चिकित्सक नभएको र राजपत्रमा उल्लेख भएबमोजिम परीक्षण गर्न नसिकने पत्र पठाएपछि सङ्घीय एकाइ सुर्खेतमा गुहार मागिएको जिप्रका जुम्लाले बताएको छ । परीक्षण जुम्लामा नहुँदा आफूहरुलाई झन पीडा भएको पीडितको गुनासो छ । तीन महीनाअघि पनि तिला गाउँपालिकाकै एक मेला हेर्न गएकी बालिका सामूहिक बलात्कारमा परेकी थिइन् ।
-रासस

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ६ : ३७ बजे

राष्ट्रियताको मुद्दा उठाएकै कारण चुनावमा पराजित भएँ : पूर्वमन्त्री ठगुन्ना

दार्चुला । नेकपा (एमाले) पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले

तेमाल थामडाँडामा “कोम्हेंदो कृषक महिला समूह”लाई हिउँदे तरकारीको बीउ वितरण

तेमाल। काभ्रेको तेमाल गाउँपालिका-८, थामडाँडामा महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत गठन

‘लिपुलेक–कालापानी हुँदै भएको भारत-चीन व्यापार अस्वीकार्य’: एमाले दार्चुला

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दार्चुला जिल्ला कमिटीले लिपुलेक–कालापानी

हिन्दु नारीहरूको चाड तीज सुरु, आज दर खाइँदै

काठमाडौं । नेपाली हिन्दु नारीहरूले मनाउने एक महत्वपूर्ण धार्मिक पर्व

कलंकी नजिकै कोल्ड ड्रिङ्क्स बोकेको पिकअप भ्यान दुर्घटना

काठमाडौं । काठमाडौंको कलंकी नजिकै सोमबार बिहान एक पिकअप भ्यान