२०८२, १६ कार्तिक शनिबार

राप्रपा अध्यक्ष थापाको राजीनामा माग

राप्रपा अध्यक्ष थापाको राजीनामा माग


काठमाडौँ, २५ कात्तिक: राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्रजातान्त्रिक प्रक्रियाबाट सञ्चालन गर्न नसकेको भन्दै अध्यक्ष कमल थापाको राजीनामा माग गरिएको छ । पार्टीका उपाध्यक्ष दिलविकास राजभण्डारीका अनुसार दलको साङ्गठनिक गतिविधिप्रति असन्तुष्ट भई उपाध्यक्ष, महामन्त्री, केन्द्रीय सदस्यलगायत १८ नेताले गरेको भेलाले दलभित्र निरङ्कुशता बढ्दै गएको निष्कर्षसहितअध्यक्ष थापाको राजीनामा मागेको हो । पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुटको अन्त्य गर्न नेतृत्व संवेदनशील नभएको अध्यक्ष थापामाथि आरोप लगाएको छ ।

असन्तुष्ट पक्षले पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा(प्र) राजसंस्था वा गणतन्त्रबारे प्रस्ट नभइकन एकताको प्रक्रिया शुरु गरेको भन्दै आजको केन्द्रीय कार्य समितिको बैठक बहिष्कार गरेको छ । असन्तुष्ट नेतामा पार्टीका उपाध्यक्षद्वय बुद्धिमान तामाङ र राजभण्डारी, महामन्त्रीद्वय जयन्त चन्द र धवलशम्शेर राणा तथा केन्द्रीय सदस्यहरु कालीप्रसाद जोशी, हेमबाबु लेखक, सविना शाह, गोविन्द खनिया, जनककुमारी, भीमप्रसाद गौचन, देवीप्रसाद कँडेल, मुकुन्दश्याम गिरी, जयलाल पुन, रामबहादुर शाह, प्रल्हाद शाह, सत्यन्द्र सिंह, रामचन्द चतुरवेदी र लोकेन्द्रबहादुर स्वार हुनुहुन्छ ।

यसैबीच राप्रपा (प्र)का उपाध्यक्ष विष्णु भट्टराईले दुवै पार्टी एकीकरणको औचित्य प्रस्ट नभई गरिने एकताको अर्थ नहुने बताउँदै त्यस विषयमा पार्टी अध्यक्ष राणालाई छिट्टै स्मरणपत्र बुझाइने जानकारी गराउनुभयो । पछिल्लो समयमा दुवै पार्टीलाई एकीकरण गर्न अध्यक्षद्वय थापा र राणाबीच छलफल भइरहेको छ । राप्रपाका प्रवक्ता भुवन पाठकले केन्द्रीय कार्यसमितिको बैठकले चुनाव चिह्न र सिद्धान्तमा सम्झौता नगर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ६ : ०१ बजे

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या

एमालेको सचिवालय बैठक बस्दै, प्रतिनिधि चयनमा यस्तो छ

काठमाडौं। आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक अध्यक्ष केपी

तिलिचो बेसक्याम्पमा फसेका ११ पर्यटकको एपीएफले गर्‍यो उद्धार

काठमाडौं। उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा