२०८२, ८ फाल्गुन शुक्रबार

मङ्सिर मसान्तभित्र एकता प्रक्रिया टुङ्गो

मङ्सिर मसान्तभित्र एकता प्रक्रिया टुङ्गो


काठमााडौं, कात्तिक २५ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रियालाई टुङ्गो लगाउने गरी गृहकार्यका लागि गठित दुई सदस्यीय कार्यदलले आगामी मङ्सिर मसान्तभित्र एकता प्रक्रिया टुङ्गो लगाउने गरी कामकाज भइरहेको बताएको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ । नेकपा सचिवालय बैठकले यही कात्तिक ८ गते दुई सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई प्रदेश कमिटीको सदस्य सङख्या, केन्द्रीय नेताहरुको जिम्मेवारी तथा पार्टीको तल्लो स्तरसम्मको एकता प्रक्रियाका लागि गृहकार्य गर्ने जिम्मेवारी दिइएको थियो । सोही जिम्मेवारीअनुरुप कार्यदलले सघन रुपमा काम गरिरहेको नेकपाका महासचिव तथा कार्यदलका सदस्य विष्णुप्रसाद पौडेलले बताए ।

कार्यदलले गृहकार्य गरी तयार गर्ने प्रतिवेदनलाई पार्टीको सचिवालय बैठकमा प्रस्तुत गर्ने जिम्मेवारी पाएको छ । कार्यदलले गृहकार्यलाई अन्तिम रुप दिइनसकेकाले सचिवालय बैठक बस्न सकेको छैन । यसअघि कात्तिक १२ र १३ गतेका लागि स्थायी कमिटीको बैठक आह्वान गरिएको भए पनि प्रधानमन्त्रीको अस्वस्थता र कार्यदलको तयारी नपुगेको भन्दै अन्तिम समयमा बैठक अर्को सूचना जारी नहुँदा सम्मका लागि स्थगित गरिएको थियो ।

स्थायी कमिटी बैठक सार्ने निर्णय भएलगत्तै पार्टी भित्रका नेताहरुले विरोध गरेका थिए । गत जेठ ३ गते तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता घोषणा भए पनि तल्लो स्तरसम्म एकता प्रक्रिया सो दलले टुङ्ग्याउन सकेको छैन । पाँच महिना पूरा हुँदासमेत पार्टीको एकता प्रक्रिया नटुङ्गिदा पार्टी कार्यकर्ता र नेताहरुबीच टिकाटिप्पणी हुने गरेको छ ।

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ७ : २५ बजे

अमित लामालाई तेमालमा भव्य स्वागत, समाजवादी नेता घर फर्किए

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)का केन्द्रीय सदस्य तथा

सिन्धुलीमा एक सय बढी नेकपा कार्यकर्ता एमालेमा समाहित, मरिणबाट उठ्यो बिद्रोहको झण्डा

सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका एक सय भन्दा बढी स्थानीय

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र