२०८३, २७ श्रावण बिहीबार

छोरीको हत्यारा पत्ता नलागेसम्म निर्मलाका अामाबुवा आजदेखि धर्नामा बस्दै

छोरीको हत्यारा पत्ता नलागेसम्म निर्मलाका अामाबुवा आजदेखि धर्नामा बस्दै


कञ्चनपुर, कात्तिक २५ :  बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडित परिवार आइतबारदेखि अनिश्चितकालीन धर्ना बस्ने भएका छन् । निर्मलाका बुवा र आमाले तिहारअघि नै पत्रकार सम्मेलन गरी घोषणा गरेको कार्यक्रमअनुसार धर्ना बस्न भएका हुन् । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

साढे तीन महिनासम्म पनि अपराधी पत्ता नलागेपछि अन्तिम अवस्थामा धर्ना बस्नुपरेको निर्मलाका बुवा यज्ञराजले बताए । कहीँ गएर पनि न्याय नपाएपछि परिवार अनिश्चितकालीन धर्ना बस्ने निर्णय लिएको उनले बताए । ‘न्याय नपाउँदासम्म धर्नामा बसिरहन्छु,’ शनिबार महेन्द्रनगरको खुलामञ्चमा महिला अधिकारकर्मी र स्थानीयसँगको छलफलमा उनले भने, ‘छोरीका हत्यारा पत्ता लगाउनका लागि दबाब दिन जे पनि गर्न तयार छु ।’

आइतबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने कार्यक्रम तय गरिएको पन्तले बताए । महेन्द्रनगरको मदनचोकमा भेला भई र्‍यालीसहित बजार परिक्रमा गरी प्रशासनको गेटमै धर्ना बस्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ७ : १७ बजे

पाँच महिनापछि फर्किए देउवा : ‘समुन्नत मुलुक बनाउन समर्पित हुन आएको छु’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

पाँच महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलमा बाजागाजासहित भव्य स्वागत

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा

होल्डिङ सेन्टरमा ५७ वर्षीय पासवान झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । मध्यपुरथिमि नगरपालिका–स्थित बोडेको कृषि विकास बैंकको तालिम केन्द्रमा

महिला सहकारीलाई प्रविधिमैत्री बनाउन सूर्यविनायक नगरपालिकाद्धारा प्रबिधि हस्तान्तरण

भक्तपुर, । सूर्यविनायक नगरपालिकाले आफ्ना नगर क्षेत्रमा रहेको महिला सहकारी

साढे पाँच महिनापछि देउवा नेपाल फर्किँदै, विमानस्थलमा शक्ति प्रदर्शनको तयारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा