२०८२, १९ चैत्र शुक्रबार

थोत्रा उपकरणको भरमा कान्ति बाल अस्पताल

थोत्रा उपकरणको भरमा कान्ति बाल अस्पताल


काठमााडौं, कात्तिक २५ : देशकै एक मात्र केन्द्रीय कान्ति बाल अस्पतालमा उपकरण अभावले सेवा प्रवाहमा गम्भीर समस्या देखिएको छ । महत्वपूर्ण क्षेत्रको व्यवस्थापनमा बजेट नहुँदा सेवा प्रवाहमा समस्या देखिएको हो । कान्तिले पानीमा धुने एक्सरे मेसिनका माध्यमबाट सेवा दिइरहेको छ ।

अस्पतालका निर्देशक डा. गणेश राईले आधुनिक समयमा आउँदा पनि कान्तिले वर्षौँ पुरानो पानीमा धुने एक्सरेबाट सेवा दिइरहेको बताए । सबै अस्पतालबाट यस्ता एक्सरे मेसिन विस्थापित भइसकेका छन् । १५ वर्ष पुरानो उक्त एक्सरे मेसिन एकपटक प्रयोग गर्दा लामो समयसम्म तातिन्छ । ‘हामीले एक्सरे समस्याका विषयमा मन्त्रालय समक्ष कुरा गरेका छौँ,’ राईले भने, ‘आशा छ चाँडै अत्याधुनिक एक्सरे मेसिन ल्याउनेछौँ ।’

सञ्चालनमा भएका उपकरण सबै पुराना
कान्ति बाल अस्पतालमा सञ्चालन भएका उपकरणहरू सबै पुराना भएका छन् । पुराना उपकरणका माध्यमबाट नवजात शिशुलाई सेवा दिँदा विभिन्न खाले संक्रमण हुने सम्भावना बढी हुन्छ । नयाँ उपकरण नभएका कारण भएकै उपकरणबाट सेवा दिनुपरेको अस्पतालको तर्क छ । कान्तिमा एमआरआईसमेत छैन । राईका अनुसार सिटी स्क्यान मेसिन ७ वर्ष पुरानो छ ।

यसको आयु ४ वर्ष मात्रै थियो । जनशक्ति अभावले पूर्ण रूपमा आइसियू सञ्चालनमा ल्याउन नसकेको अस्पतालका निर्देशक डा. राई बताउँछन् । ५२ शैर्‍याको अस्पतालमा हाल ३७ शैर्‍या मात्र सञ्चालनमा छन्। याे खबर अाजकाे नयाँ पत्रिकाले लेखेकाे छ ।

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ७ : ०७ बजे

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले