२०८२, २३ कार्तिक शनिबार

थोत्रा उपकरणको भरमा कान्ति बाल अस्पताल

थोत्रा उपकरणको भरमा कान्ति बाल अस्पताल


काठमााडौं, कात्तिक २५ : देशकै एक मात्र केन्द्रीय कान्ति बाल अस्पतालमा उपकरण अभावले सेवा प्रवाहमा गम्भीर समस्या देखिएको छ । महत्वपूर्ण क्षेत्रको व्यवस्थापनमा बजेट नहुँदा सेवा प्रवाहमा समस्या देखिएको हो । कान्तिले पानीमा धुने एक्सरे मेसिनका माध्यमबाट सेवा दिइरहेको छ ।

अस्पतालका निर्देशक डा. गणेश राईले आधुनिक समयमा आउँदा पनि कान्तिले वर्षौँ पुरानो पानीमा धुने एक्सरेबाट सेवा दिइरहेको बताए । सबै अस्पतालबाट यस्ता एक्सरे मेसिन विस्थापित भइसकेका छन् । १५ वर्ष पुरानो उक्त एक्सरे मेसिन एकपटक प्रयोग गर्दा लामो समयसम्म तातिन्छ । ‘हामीले एक्सरे समस्याका विषयमा मन्त्रालय समक्ष कुरा गरेका छौँ,’ राईले भने, ‘आशा छ चाँडै अत्याधुनिक एक्सरे मेसिन ल्याउनेछौँ ।’

सञ्चालनमा भएका उपकरण सबै पुराना
कान्ति बाल अस्पतालमा सञ्चालन भएका उपकरणहरू सबै पुराना भएका छन् । पुराना उपकरणका माध्यमबाट नवजात शिशुलाई सेवा दिँदा विभिन्न खाले संक्रमण हुने सम्भावना बढी हुन्छ । नयाँ उपकरण नभएका कारण भएकै उपकरणबाट सेवा दिनुपरेको अस्पतालको तर्क छ । कान्तिमा एमआरआईसमेत छैन । राईका अनुसार सिटी स्क्यान मेसिन ७ वर्ष पुरानो छ ।

यसको आयु ४ वर्ष मात्रै थियो । जनशक्ति अभावले पूर्ण रूपमा आइसियू सञ्चालनमा ल्याउन नसकेको अस्पतालका निर्देशक डा. राई बताउँछन् । ५२ शैर्‍याको अस्पतालमा हाल ३७ शैर्‍या मात्र सञ्चालनमा छन्। याे खबर अाजकाे नयाँ पत्रिकाले लेखेकाे छ ।

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ७ : ०७ बजे

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा