२०८२, १९ चैत्र शुक्रबार

नागढुंगा-धुलिखेल मेट्रो : ४ कम्पनीको प्रस्ताव अध्ययन गर्दै लगानी बोर्ड

नागढुंगा-धुलिखेल मेट्रो : ४ कम्पनीको प्रस्ताव अध्ययन गर्दै लगानी बोर्ड


काठमााडौं, कात्तिक २५ : नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल संचालनका लागि पेश भएको ४ कम्पनीको प्रस्ताव लगानी बोर्डले अध्ययन शुरु गरेको छ ।

विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउन बोर्डले ग्लोवल टेण्डर आह्वान गरी आशयपत्र माग गरेको थियो ।गत जेठ ३ गते जारी बोलपत्र आह्वानपछि आशयपत्र परेका २३ कम्पनी मध्ये ६ कम्पनीलाई छनौट गरी प्राविधिक र आर्थिक प्रस्तावसहित ३० दिनभित्र पेश गर्न आग्रह गरेको थियो ।

भदौ २८ गते प्रस्तावसहित आउन आग्रह गर्दा ४ कम्पनीले तोकिएको समयभित्र उक्त प्रस्ताव बोर्डलाई बुझाएको बोर्डका इन्जिनियर आशिष गजुरेलले जानकारी दिनुभयो ।सोही प्रस्ताव कै आधारमा ४ कम्पनी मध्ये १ कम्पनी मात्रै छनौट गर्नु पर्ने भएकोले सुक्ष्म ढंगले अध्ययन र मुल्यांकन भइरहेको बोर्डका इन्जिनियर गजुरेलको भनाई छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा २०७४ कात्तिक २७ गते बसेको बोर्डको बैठकले नागढुंगादेखि धुलिखेलसम्म ४५ किलोमिटर लामो मेट्रोरेल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बनाउने निर्णय गरेको थियो। याे खबर अाजकाे नेपाल समाचारपत्रले छापेकाे छ ।

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ७ : ०३ बजे

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले