२०८२, २७ भाद्र शुक्रबार

गलत सूचना दिने वीरेन्द्र पक्राउ

गलत सूचना दिने वीरेन्द्र पक्राउ


बाजुरा, २५ कात्तिक १०० नं मा फोन गरेर गलत सूचना दिने बाजुरा मार्तडीका वीरेन्द्र रावललाई प्रहरीले शनिबार पक्राउ गरेको छ । शुरुमा आफैँ फोन गरेर गलत सूचना दिने र प्रहरी नपुगेको भन्दै गाली गर्ने गरेको प्रमाणका आधारमा रावललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ ।

प्रहरीले जनसेवाका लागि टोल फ्रि नं का रूपमा १०० नम्बरलाई जारी गरेको छ । सुवेदी श्रेष्ठ बोलेको भन्दै प्रहरीलाई गाली गर्ने, झुटो खबर दिने र धम्की दिने गरेकाले बडिमालिका नगरपालिका–८ बस्ने टेकबहादुर रावलका २३ वर्षीय छोरा वीरेन्द्र रावललाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया शुरु गरिएको प्रहरी नायब उपरीक्षक भाटले बताउनुभयो ।

गलत मानसिकता र नियत राखी सुरक्षा निकायमाथि नै अविश्वास गर्ने खालको गतिविधि, आचरण देखाएको र गाली गरेकाले रावलमाथि सार्वजनिक अपराधसम्बन्धी मुद्दामा कारवाही गर्ने तयारी गरिएको भाटले जानकारी दिनुभएको छ ।

जय मालिका यातायात प्रालिको जिप काउन्टरमा काम गर्दै आएका रावलले आफ्नो र अरुको मोबाइल प्रयोग गरेर विगत केही सातादेखि प्रहरीलाई गलत सूचना दिँदै आएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ७ : ०१ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा