२०८३, ५ बैशाख आईतबार

गलत सूचना दिने वीरेन्द्र पक्राउ

गलत सूचना दिने वीरेन्द्र पक्राउ


बाजुरा, २५ कात्तिक १०० नं मा फोन गरेर गलत सूचना दिने बाजुरा मार्तडीका वीरेन्द्र रावललाई प्रहरीले शनिबार पक्राउ गरेको छ । शुरुमा आफैँ फोन गरेर गलत सूचना दिने र प्रहरी नपुगेको भन्दै गाली गर्ने गरेको प्रमाणका आधारमा रावललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ ।

प्रहरीले जनसेवाका लागि टोल फ्रि नं का रूपमा १०० नम्बरलाई जारी गरेको छ । सुवेदी श्रेष्ठ बोलेको भन्दै प्रहरीलाई गाली गर्ने, झुटो खबर दिने र धम्की दिने गरेकाले बडिमालिका नगरपालिका–८ बस्ने टेकबहादुर रावलका २३ वर्षीय छोरा वीरेन्द्र रावललाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया शुरु गरिएको प्रहरी नायब उपरीक्षक भाटले बताउनुभयो ।

गलत मानसिकता र नियत राखी सुरक्षा निकायमाथि नै अविश्वास गर्ने खालको गतिविधि, आचरण देखाएको र गाली गरेकाले रावलमाथि सार्वजनिक अपराधसम्बन्धी मुद्दामा कारवाही गर्ने तयारी गरिएको भाटले जानकारी दिनुभएको छ ।

जय मालिका यातायात प्रालिको जिप काउन्टरमा काम गर्दै आएका रावलले आफ्नो र अरुको मोबाइल प्रयोग गरेर विगत केही सातादेखि प्रहरीलाई गलत सूचना दिँदै आएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ७ : ०१ बजे

एमाले अध्यक्ष केपी शर्मा ओली २२ दिनपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी

होर्मुज स्ट्रेटमा इरानको पुनः नियन्त्रण दाबी, विश्व बजारमा अन्योल

काठमाडौं । मध्यपूर्वको अत्यन्त संवेदनशील जलमार्ग पुनः आफ्नो नियन्त्रणमा आएको

पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक

काठमाडौं । पूर्णबहादुर खड्का ले नेपाली कांग्रेस का निवर्तमान पदाधिकारी

सर्वोच्चको फैसलापछि खड्का पक्ष सक्रिय, आजै रणनीतिक छलफल

काठमाडौं । पूर्णबहादुर खड्का ले सर्वोच्च अदालतको पछिल्लो फैसलापछि आफूनिकटका

चीनको ‘युथ पायोनियर प्रोग्राम’ : नेपाली जेन–जी युवातर्फ बढ्दो कूटनीतिक चासो

काठमाडौं । नेपालका जेन–जी युवालाई लक्षित गर्दै काठमाडौंस्थित चिनियाँ दूतावासले