२०८३, २२ भाद्र मंगलबार

उपत्यकाबाट आठ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट आठ मेट्रिक टन फोहर व्यवस्थापन


काठमाडौँ, २४ कात्तिक: उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २८७ औँ हप्तामा गुह्येश्वरी मन्दिरअघिको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २१ संस्थाका ७१० भन्दाबढी अभियानकर्मीको सहभागिता थियो ।

छठ पर्वलाई ध्यान दिएर गुह्येश्वरी नजिकको वाग्मती किनारमा सफाइ गरिएको हो । सफाइसँगै अमेरिकाको ग्रीन हर्ट ब्याण्डले पानी जीवन हो भन्ने भावको साङ्गीतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । सफाइमा नायिका करिष्मा मानन्धर पनि सहभागी हुनुभएको थियो ।

मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले २४८ औँ हप्ताको सफाइ पनि गुह्यश्वरी क्षेत्रमै ग¥यो । तिलगङ्गा महिला समूहले १८९औँ हप्ता र आलोकनगर सफाइ अभियानले ८३औँ हप्ताको सफाइसमेत गुह्येश्वरीमै गरेका थिए । रुद्रमती सफाइको २४२औँ हप्तामा रातोपुल–सेतोपुल हुँदै बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर क्षेत्रसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । नदी किनारमा रोपिएका बिरुवामा पानी हाली गोडमेल र स्याहार गर्न नजिकका घरधनीलाई अनुरोध गरिएको अभियानकर्मी रोहित गिरीले बताउनुभयो ।

सफाइमा महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की लगायत स्थानीयवासीको सहभागिता थियो । मनोहरा सफाइको ८७औँ हप्तामा महानगरपालिकाको ३२ नं वडास्थित बिपी नेत्र अस्पतालअघिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा जिल्ला समन्वय समिति काठमाडौँका उपप्रमुख सरिता दाहालसहित ११० भन्दाबढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्रप्रसाद दङ्गालले जानकारी दिनुभयो । चक्रपथ सफाइको ८३ औँ हप्तामा नयाँ बसपार्क क्षेत्रमा सफाइ गरियो । तिहारको भोलिपल्ट भए पनि कार्यक्रमलाई निरन्तरता दिइयो । चक्रपथ बाफल खण्डको ६५औँ हप्तामा स्युचाटारबाट सोल्टीदोबाटोसम्मको क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, २४ कार्तिक शनिबार  ६ : ४७ बजे

जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेन्जी

धादिङको गजुरीस्थित गलौंदी र जरे होल्डिङ सेन्टरमा सभामुख, राहत र पुनर्स्थापनाबारे छलफल

काठमाडौं । सभामुख डीपी अर्यालले धादिङको गजुरी गाउँपालिका–स्थित गलौंदी र

जेनजी आन्दोलनका क्रममा भएका घट्नाको निष्पक्ष छानविन नहुनु दुर्भाग्यपूर्ण ः डा.डिला संग्रौला

काठमाडौं । भ्रष्टाचार, बेथिति, सुशासन र राजनीतिक जवाफदेहिताको माग गर्दै