२०८२, १९ चैत्र शुक्रबार

यस्तो छ छठ पर्वको सांस्कृतिक महोत्सव

यस्तो छ छठ पर्वको सांस्कृतिक महोत्सव


विराटनगर, २४ कातिक: प्रदेश नं। १ को सामाजिक विकास मन्त्रालयले छठ पर्वको अवसरमा सबै पर्वको सांस्कृतिक महोत्सव झल्किने गरी छठ महोत्सवको आयोजना गर्ने भएको छ । कातिक २८ गते विराटनगर महानगरपालिकाको आदर्श उच्च माविको प्राङ्गणमा आयोजना हुने सो महोत्सवका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सवको तयारीका बारेमा अवगत गराइएको थियो ।

महोत्सव मनाउन प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा प्रदेशका मन्त्री, प्रदेश मन्त्रालयका सचिव, महानगरपालिकाका प्रमुख, मुख्य न्यायाधिवक्ता, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, उद्योग सङ्गठन, मोरङ व्यापार सङ्घका प्रतिनिधि रहने गरी १०१ सदस्यीय शुभकामना आदानप्रदान, सांस्कृतिक कार्यक्रम तथा चियापान व्यवस्थापन मूल समारोह समिति गठन भएको छ । महोत्सवमा त्यस क्षेत्रका विभिन्न स्थानीय तहबाट विभिन्न पर्वको सांस्कृतिक महत्व झल्किने गरी झाँकी प्रस्तुत हुनुको साथै राष्ट्रिय कलाकारहरुबाट सांस्कृतिक प्रस्तुति पनि रहने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सो अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्री तथा कार्यवाहक मुख्यमन्त्री हिक्मत कार्कीले यस किसिमको कार्यक्रमले समाजमा एकता र सद्भाव कायम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सामाजिक एकतालाई खँदिलो र बलियो बनाउन यस किसिमको कार्यक्रमलाई आउने वर्षहरुमा पनि निरन्तरता दिने भन्दै हरेक जातजातिका भाषा, संस्कृतिलाई प्रदेश सरकारले आत्मसात गरी सम्मान प्रकट गरिएको बताउनुभयो । सो अवसरमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, आन्तरिक मामिला तथा कानून सचिव गोपालप्रसाद पराजुलीले चाडपर्वको महत्व र गरिमालाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको धारणा राख्नु भयो ।

प्रकाशित मिति : २०७५, २४ कार्तिक शनिबार  ६ : ०५ बजे

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले