२०८२, १९ चैत्र शुक्रबार

तिहारले छोएन लामा समुदायलाई

तिहारले छोएन लामा समुदायलाई


हुम्ला २३ कात्तिक : नेपालीको दोस्रो ठूलो पर्व तिहार आज मुलुकभरि हर्षाल्लासका साथ मनाइँदै छ । तर हुम्ला जिल्लाका बौद्ध धर्मावलम्बीका लामा समुदायलाई भने यो पर्वले छोएको छैन । हुम्ला जिल्लामा करीब ३० प्रतिशत लामा समुदायको बसोबास रहेपनि उनीहरुलाई यो पर्वले नछाएको उद्योग वाणिज्य सङ्घ हुम्लाका नाम्गेल तामाङले बताउनुभयो ।

आफूहरुले बौद्ध धर्मप्रति आस्था राख्ने भएकाले तिहारलाई त्यति महत्व नदिएको उहाँले बताउनुभयो । हुम्लाको नाम्खा गाउँपालिकामा लामा, तामाङ जातिको बसोबास छ ।

पुर्खादेखि आफूहरुले आफ्नो धर्मबाहेक अन्य परम्परागत चार्डपर्व नमनाउने भएकाले यो पर्वलाई खासै महत्व नदिएको उहाँको भनाइ छ । हुम्ला दुर्गम भएपनि पछिल्लो समय दशैँ, तिहारजस्ता चाडपर्वलाई महत्वका साथ मनाउने चलन छ । तर लामा समुदायले भने यी पर्वलार्ई सामान्य रुपमा लिने गर्छन् ।

प्रकाशित मिति : २०७५, २३ कार्तिक शुक्रबार  ९ : २१ बजे

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले