२०८३, २२ भाद्र मंगलबार

टिकाको दिन जिप दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

टिकाको दिन जिप दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते


रुकुम, पश्चिम, २३ कात्तिक रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–३ दहखोलामा आज बेलुकी जिप दुर्घटना हुँदा जिप चालक आठबिसकोट नगरपालिका–१ का २८ वर्षीय टेकमान विकको मृत्यु भएको हो ।

स्यार्पूबाट नेपानेतर्फ जाँदै गरेको लु१ज २६६८ नम्बरको जिप दुर्घटना हुँदा चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । दुर्घटनामा परी विककी पाँच वर्षीया छोरी पार्वती गम्भीर घाइते भएकी प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

घाइते विकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदैछ । जिप सडकबाट करीब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । विक जिप लिएर नेपानेमा रहेको ससुरालीमा जाँदै गरेको दुर्घटना भएको बताइएको छ ।

प्रकाशित मिति : २०७५, २३ कार्तिक शुक्रबार  ९ : १२ बजे

जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेन्जी

धादिङको गजुरीस्थित गलौंदी र जरे होल्डिङ सेन्टरमा सभामुख, राहत र पुनर्स्थापनाबारे छलफल

काठमाडौं । सभामुख डीपी अर्यालले धादिङको गजुरी गाउँपालिका–स्थित गलौंदी र

जेनजी आन्दोलनका क्रममा भएका घट्नाको निष्पक्ष छानविन नहुनु दुर्भाग्यपूर्ण ः डा.डिला संग्रौला

काठमाडौं । भ्रष्टाचार, बेथिति, सुशासन र राजनीतिक जवाफदेहिताको माग गर्दै