२०८३, २३ बैशाख बिहीबार

सबै विद्यार्थीलाई कम्प्युटर शिक्षा दिन्छु: मन्त्री बाँस्कोटा

सबै विद्यार्थीलाई कम्प्युटर शिक्षा दिन्छु: मन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक, २१ कात्तिक: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मुलुकका सबै विद्यार्थीलाई कम्प्युटर शिक्षा दिइने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनौती नगरपालिका–११ वडा कमिटीद्वारा आज बल्थलीमा आयोजित शुभकामना, भेटघाट एवं देउसीभैलो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले यस वर्ष एक हजार सामुदायिक माध्यमिक विद्यालयलाई कम्प्युटर ल्यावको व्यवस्था गरिने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले सरकार समृद्ध नेपाल सुखी नेपाली बनाउन पाँच वर्षे खाका तयार गरी अघि बढिसकेको बताउनुभयो । उहाँले सरकारले अर्को वर्ष सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता बढाउने तयारी गरेको बताउनुभयो । “तपाईंहरु ढुक्क हुनुस् अर्को वर्ष वृद्धभत्ता बढाउँछौँ ।” राज्यको ढुकुटीमा रु १५० अर्ब हुनुपर्नेमा अघिल्लो सरकारले रित्तो पारेकाले यस वर्ष वृद्धभत्ता बढाउन नसकिएको उहाँले दुःखेसो पोख्नुभयो ।

मन्त्री बाँस्कोटाले यस वर्ष वृद्धभत्ता बढाउन नसकिए पनि ७० वर्ष उमेर नाघेका वृद्धवृद्धालाई रु एक लाखसम्म स्वास्थ्य उपचार खर्च उपलब्ध गराउने सरकारको निर्णय सकारात्मक भएकाले यसलाई सहजरुपमा लिइदिन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “राज्यको खाली ढुकुटी हाम्रो हातमा प¥यो, कर छली गर्नेलाई करको दायरामा ल्याएर यसलाई भर्ने काम गर्दैछौँ, यसकारण अर्को वर्ष वृद्धभत्ता बढ्छ ।” विगतका संरचनामा सामाजिक सुरक्षा भत्ताको लगत राम्रो नभएकाले यस वर्षदेखि लगत चुस्तदुरुस्त बनाइने उहाँको भनाइ थियो ।

मन्त्री बाँस्कोटाले जिल्लाको महाभारत पर्वत शृङ्खलाअन्तर्गत पनौतीको लाँकुरी भञ्ज्याङदेखि भीमखोरीको घ्याङडाँडासम्म पर्यटकमार्ग तथा नेपालको उत्तरी हिमशृङ्खला अवलोकनका लागि तीन स्थानमा टावर निर्माण गरिने बताउनुभयो । “पर्यटकीय क्षेत्र भएपछि हुने आम्दानीले सुखी नेपाली समृद्ध नेपालको योजनामा केही सहयोग पुग्छ,” उहाँले भन्नुभयो । युवा सङ्घका केन्द्रीय कोषाध्यक्ष अमित लामाले युवा स्वरोजगारलक्षित कार्यक्रम ल्याउन सरकारसँग अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “स्वरोजगारले युवालाई स्वावलम्बी बनाउँछ, यसबाट विदेशिनेको सङ्ख्या घट्दै जान्छ ।”
-रासस

प्रकाशित मिति : २०७५, २१ कार्तिक बुधबार  ६ : ३७ बजे

कम्बोडियामा अलपत्र ६३ नेपालीको उद्धारका लागि ट्राभल डकुमेन्ट तयार

काठमाडौं ।  थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अलपत्र परेका ६३ जना

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चारप्रणाली श्रीलङ्कामा

काठमाडौं । नेपालको प्रविधि कम्पनी टिङ टिङले श्रीलंकामा आफ्नो सेवा

एमाले अध्यक्षओलीद्वारा सुदूरपश्चिमका एमाले सांसदसँग छलफल

कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका

आजको मौसम : पाँच प्रदेशमा वर्षा र चट्याङको चेतावनी

काठमाडौं । देशभर सक्रिय रहेको पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका