२०८२, १९ चैत्र शुक्रबार

ट्राफिक अनुशासन सिकाउन देउसीभैलोको आयोजना

ट्राफिक अनुशासन सिकाउन देउसीभैलोको आयोजना


काठमाडौँ, २१ कात्तिक: महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक अनुशासन सिकाउन देउसीभैलोको आयोजना गरेको छ । महाशाखाले ‘सडक सभ्यता कायम राखौँ’, ‘लेन अनुशासन कायम राखौँ’, ‘मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाऔँ’, ‘जेब्रा क्रसिङबाट बाटो काटौँ’लगायत ट्राफिक जनचेतनामूलक गीत समावेश गरेर देउसीभैलोको आयोजना गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले आमजनतालाई ट्राफिक अनुशासन सिकाउन देउसीभैलो कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो । “उपत्यकामा सवारी साधनको मात्रा बढ्दै गएको र सडक सभ्यता कायम गर्न मद्दत पु¥याउने उदेश्यले देउसीभैलो कार्यक्रम आयोजना गरेका हौँ,”–उहाँले भन्नुभयो ।

विगतका वर्षमा अडियोमार्फत एफएमबाट गीत प्रशारण गर्दै आएको महाशाखाले यसवर्ष भिडियोमार्फत पनि देउसीभैलो कार्यक्रमको आयोजना गरेको हो । महाशाखाका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० लाखको हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २१ कार्तिक बुधबार  ६ : २० बजे

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले