२०८२, १६ मंसिर मंगलबार

यी हुन् स्वस्थ रहन तिहारमा ध्यान दिनुपर्ने कुरा

यी हुन् स्वस्थ रहन तिहारमा ध्यान दिनुपर्ने कुरा


हिन्दूहरुको दोस्रो ठूला पर्व तिहारमा घरआँगन सफा सुग्गर राख्नुु, पटका पड्काउनु र झिलिमिली उज्यालो पार्नु यस पर्वका विशेषता हुन् । यसबाहेक तिहारमा गुलियो र चिल्ला परिकारहरु खाने गरिन्छ जुन स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुन्छ । दिपावली एउटा रमाईलो पर्व हो । तर होस् पुर्याइएन भने यसले स्वास्थ्यसँग सम्बन्धित अनगिन्ति समस्या निम्त्याउँछ । स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी तिहार मनाउने केही टिप्स यस प्रकार छन्ः

फलफुल खानुहोस्ः तिहार भन्ने वित्तिकै गुलियो परिकार खाने आम विश्वास छ । तर स्वस्थ खानका लागि चिल्लो मिसाइएका चकलेट तथा मिठाइरुको सट्टा सकभर फलफुल रोज्नुहोस् । गुलियो खानैपर्ने भए न्यून क्यालोरियुक्त चकलेट छनौट गर्नुहोस् । सकभर घरमै बनाएको चकलेट खानुहोस् ।हाइडे«ड रहनेः चारैतिर खानेकुरा र गुलिया परिकार देख्दा कसको जिब्रो रसाउदैन र ? तसर्थ तिहारमा अन्य बेला भन्दा बढी गुलियो खाइन्छ । चकलेट खाइसकेपछि वा खानुअघि प्रशस्त पानी खानुपर्छ । बिहानदेखि बेलुकासम्म बारम्बार पानीको चुस्की लिनुहोस् । पानी पिउदा गुलियो परिकारले शरिरभित्र पार्ने अशर घटाउछ र शरिरको विषाधी समेत पखालिदिन्छ ।

कृतिम चकलेटबाट टाढै रहनुहोस्ः बजारमा कृत्रिम गुलियो मिसिएको परिकार पाइन्छन् । तर, यस्ता परिकारबाट सकभर टाढै रहनुहोस् । किनकी कृतिम गुलियोले ब्रेन ट्युमरदेखि क्यान्सरसम्म निम्त्याउँछ । चकलेटमा मिसाइएका अखाद्य र मिसावटयुक्त रसायनले किड्नी र दमको समस्या ल्याउछ, दिमागका कोषहरु बिगारिदिन्छ । तसर्थ मह चिनी, खुदो जस्ता प्राकृतिक गुलियोबाट बनेका चकलेट रोज्ननुोस् ।आफ्नो रोगबारे बिचार पुयाउनुहोस्ः डायबिटिजबाट पीडित मानिसले तिहारको समयमा विशेष ख्याल गर्नुपर्छ । गुलियो परिकारबाट टाढा रहनुका अतिरिक्त उनीहरु अन्य खानेकुराहरु जस्तै सेल रोटी, खिर लगायतका खानेकुरामा हुने गुलियोको मात्रा पनि बिचार पु¥याउनुपर्छ ।

पटका बारे सर्तकताः दिपावली पटकाको समेत पर्व भएकोले होशियार नरहेमा जुनसुकै बेला स्वास्थ्यसम्बन्धी गम्भीर समस्य निम्तिन सक्छ । तसर्थ आँखामा हाल्ने ड्रप्स, पोल्दा लगाउने मल्हम आफूसँगै राख्नुपर्छ । पटकाको ठूलो आवाजले कानको श्रवण शत्तिमा हानी पु¥याउन सक्ने र बहिरो हुने समस्या समेत आउन सक्छ । तसर्थ पटका पड्काईएको स्थानमा घुम्दा कानमा प्लग वा रुई राख्नुपर्छ । पटकाका कारण आगोको जोखिम हुने भएकोले सकभर नाइलनको कपडा लगाउनु हँुदैन ।खुवा र दुधबाट बनेको चकलेट सकभर नखानुहोस् । किनकी यसले फुड पोइजनिङ गराउन सक्छ ।

अन्य महत्वपूर्ण टिप्स
गुलियो खानेकुरा खाँदा थोरै लिएर बस्नुहोस, सकभर ढिलो खानुहोस ।
चिनिको विकल्पको रुपा मह, खुदो प्रयोग गरेको परिकार खाने, फ्याट झिकेको दुधबाट चकलेट बनाउने ।
गुलियो खाएपछि सलाद, दही अनिवार्य खाने ।
धेरै चकलेट वा गुलियो परिकार घरमा भन्डार नगर्ने । धेरै खानेकुरा देख्दा खाउँ–खाउँ लागि रहन्छ ।
दिपावलीमा दिदीबहिनीले दाजुभाईलाई उपहार स्वरुप कपडा र गुलिया परिकार दिने प्रचलन छ । गुलिया परिकारको सट्टा फलफुल वा थोरै क्यालोरी भएको चकलेट दिने ।
पसलमा अखाद्य र मिसावटयुक्त तथा कम स्वस्थकर परिकार बनाइने हुँदा सकभर घरमै बनाएको खानेकुरा खाने ।
परिचित पसलबाट मात्र खानेकुरा किन्नुपर्छ ।
सकभर खाली पेट गुलियो परिकार खाने । किनकी खानेकुरा खाएको पेटमा गुलियो खाँदा कार्बोहाईडेडलाई फ्याटमा परिवर्तन गरिदिन्छ ।

प्रकाशित मिति : २०७५, २१ कार्तिक बुधबार  ११ : ४१ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी