२०८३, ३१ असार बिहीबार

शास्त्रका अनुसार ७ व्यक्तिलाई कहिल्यै नमस्कार नगर्नुस् हेर्नुहोस ती को हुन् ?

शास्त्रका अनुसार ७ व्यक्तिलाई कहिल्यै नमस्कार नगर्नुस् हेर्नुहोस ती को हुन् ?


हिन्दु शास्त्रका अनुसार नमस्कार गर्नुले मानिसको मर्यादा पालन, अनुशासन, व्यवहार र विचारलाई दर्शाउँछ । तर, नमस्कारका पनि आफ्नै केही मर्यादा हुन्छन् जसका बिना नमस्कारको प्रभाव अधुरो हुन्छ । यी मर्यादा पालन गर्न सके नमस्कार जीवनका लागी हितकर हुन्छ ।
सामान्यतया नमस्कारले सम्मान वा स्नेह प्रकट गर्ने गर्छ । नमस्कारले मानिसमानिसबीचको सम्बन्धलाई गहिरो बनाउने मात्र होइन् मानिसको व्यक्तित्व, चरित्र र व्यवहारलाई पनि दर्शाउँछ । मानिसले थोरै झुकेर नमस्कार गर्दा मानिसको अंहकार हट्छ भने मानसिक र व्यवहारिक दोषलाई पनि हटाउन सहयोग गर्छ ।
नमस्कारले धेरै सकारात्मक असर गर्छ । तर, कहिले काही केही यस्ता व्यक्ति हुन्छन् जसलाइ नमस्कार गर्दा नमस्कारले सकारात्मक भन्दा नकरात्मक असर गर्छ । अर्थात् केही व्यक्तिलाइ नमस्कार गर्नु फाइदा नभइ बेफाइदा हुन सक्छन् ।

ती कस्ता व्यक्ति हन् जसलाई नमस्कार गर्नु राम्रो मानिदैन
जुठो परेको व्यक्तिः यदी कोही व्यक्ति मृत्यु संस्कार या अन्य कुनै कारणले अपवित्र भएको छ भने त्यस्ता व्यक्तिलाई नमस्कार गर्नु फाइदाजनक हुँदैन । उक्त व्यक्तिको मनोदशा ठिक स्थितिमा नरहने भएकाले नमस्कार गर्नुले राम्रो गर्दैन ।

नुहाइरहेको व्यक्तिः नुहाइरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिदैन । किनकी यसले नमस्कार गर्ने र ग्रहण गर्ने दुवैलाई अप्ठ्यारो हुन सक्छ ।

मुर्ख मानिसः आचरण र व्यवहारका विषयमा कुनै ज्ञान नभएको व्यक्तिलाई नमस्कार गर्दा उसले दिन सक्ने प्रतिक्रियाले झन् आफैलाई नराम्रो असर गर्न सक्छ । उसले गर्न सक्ने व्यवहार आफूप्रति नराम्रो भएको खण्डमा नमस्कार गर्ने व्यक्तिको भावनामा चोट पुग्न सक्छ ।

टाढा रहेको व्यक्तिः आफूबाट केही टाढा रहेको व्यक्ति जसले आफूले गरेको नमस्कार नदेख्न सक्छ त्यस्ता व्यक्तिलाई पनि नमस्कार नगर्नु राम्रो । किनकी उसले नमस्कार नगरेको खण्डमा नदेखेर नमस्कारको कुनै प्रतिक्रिया नदिँदा नराम्रो लाग्न सक्छ ।

धनको अंहकार गर्ने व्यक्तिः यस्तो व्यक्ति जसलाई आफ्नो धनको अहंकार छ उसलाइ नमस्कार गर्दा पनि आफू लज्जित तथा अपमानित हुनु पर्ने हुन सक्छ त्यसैले त्यस्ता व्यक्तिलाइ नमस्कार नगर्दा राम्रो हुन्छ ।

दौडिरहेको व्यक्तिः दौडिरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिन्न । दौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उक्त व्यक्तिको दौडिरहँदाको ध्यान तोडिन सक्छ भने उनले नियन्त्रण गुमाएर लड्न सक्छ जसका कारण उसले चोट पटकको सामना गर्नुपर्ने हुन्छ । यस्तै, दौडिँदा उसले तपाईले गरेको नमस्कार नदेख्न सक्छ र तपाईले गरेको नमस्कार खेर जाने तथा मन खिन्न पनि हुन सक्छ ।

पानीमा रहेको व्यक्तिः पानीमा पौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उसको ध्यान तोडिन सक्छ र उसले नियन्त्रण गुमाउँदा उसको ज्यान जोखीममा पर्न सक्छ । त्यसैले यस्ता व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिदैन ।

प्रकाशित मिति : २०७५, २१ कार्तिक बुधबार  ८ : ४९ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै